एलिनाको ‘तिम्रो मायाले बाँधेर राख’ ३ मिलियन भ्यूजको नजिक

३० बैशाख २०७६, सोमबार १५:०७
Eleena Chauhan-Murchunga TV

मकवानपुर, ३० बैशाख । श्याम कार्कीको आवाज रहेको ‘तिम्रो मायाले बाँधेर राख’ बोलको चर्चित गीतको कभर भर्सनलाई ओरिजनल भर्सनभन्दा पनि बढी भ्युज प्राप्त भएको छ । यो सामाग्री तयार पार्दाको समयमा युट्युब ट्रेण्डिङको आठौँ नम्बरमा रहेको यो गीतको कभर भर्सनलाई २८ लाख ४ हजारभन्दा बढी पटक हेरिएको छ । कभर भर्सनमा आवाज दिएकी एलिना चौहान समेत अहिले चर्चामा छिन् । एलिनको यस कभरलाई क्रोमाटिक एभी स्टुडियोले युट्युब मार्फत सार्वजनिक गरेको हो ।

कभर भर्सन भिडियोमा ६६ हजार लाईक र एक हजार ५ सय डिसलाईकहरु गरिएका छन् । २ हजार ९ सयभन्दा बढी कमेन्ट गरिएको यस गीको कभर भर्सनमा देव लवारले संगीत संयोजन गरेका छन् । यस अघि कालिप्रसाद बास्कोटाको चर्चित गीत ‘ईन्ष्टाको फोटो’ को जवाफी कभर भर्सन गाएर चर्चामा आएकी एलिना झापाकी हुन् । २३ वर्षीय एलिना आर्टसमा ब्याचलर गर्दैछन् । शिक्षण पेशामा समेत आवद्ध एलिना आफुलाई नेहा कक्कर र मेलिना राईको फ्यान बताउँछिन् । कन्काई बहुमुखी क्याम्पसमा अध्ययनरत उनी चर्चित गायिका बन्ने लक्ष्य राख्छिन् ।

यस गीतको ओरिजिनल भर्सन सन् २०१६ को मे महिनामा गायक श्याम कार्कीले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका थिए । ‘२०१६’ एल्बममा समावेश यस गीतमा रवि मल्लको शब्द र विराट कदरियाको संगीत रहेको छ । अलमोडा राना उप्रेतीको संगीत संयोजन रहेको गीतलाई बिजु कर्मचार्यले मिक्सिङ गरेका थिए । हेरौँ कभर भर्सन भिडियो–

आश्मान गिरीको फिचरिङ गरिएको यस गीतको म्युजिक भिडियोमा दिया तामाङ र रोशन लामाको संवाद समावेश छ । सतिज श्रेष्ठ, अनिल के मानन्धर र उमंग शाहीको छायाँकन रहेको गीतको म्यूजिक भिडियोलाई सतिज श्रेष्ठले भिएफएक्स, सम्पादन तथा निर्देशन गरेका हुन् । म्युजिक भिडियोलाई जिवन चौँलागाईले सहनिर्देशन गरेका हुन् । बलराम बुढाथोकीले भिडियो निर्माण गरेका हुन् । यो सामाग्री तयार पार्दाको समयमा यस भिडियोमा २३ लाख ९६ हजारभन्दा बढी भ्यूज र करिब एक हजार कमेन्ट गरिएका छन् । म्यूजिक भिडियोमा २५ हजार लाईक र करिब ६ सय डिसलाईक गरिएका छन् । हेरौँ ओरिजिनल भिडियो–

यो पनि हेर्नुहोस्

महिलालाई आपत्तिजनक अवस्थामा भेटेपछि हेटौँडाबाट ३ जना पक्राउ

७ वर्षिया बालिकामाथि यत्रो बज्रपात, जीवन बचाईदिन सहयोगको अपिल

हट गायिका रिहानाको पावर, स्न्याप च्याटको भागाभाग

इन्टरनेटको प्रयोगले लाग्ने गम्भीर मानसिक रोगहरु, कतै तपाईलाई पनि यो रोग लागेको छ कि ?

फेसबुक र ट्वीटरमा अब हुन्छ नक्कली अकाउन्टको पर्दाफास, अब खुल्छ पोल

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*