बाग्मती गाउँपालिकाको भोर्लेनीमा १ करोड ३५ लाखको प्रहरी चौकी भवन

२९ बैशाख २०७६, आईतवार २३:१५

मकवानपुर, २९ बैशाख । मकवानपुरको बाग्मती गाउँपालिका वडा नम्बर ५ भोर्लेनीमा प्रहरी चौकी भोर्लेनीको नव निर्मित भवन आईतबार उद्घाटन गरिएको छ । जिल्ला प्रहरी कार्यालय मातहत रहेको प्रहरी चौकी भोर्लेनीको नव निर्मित भवन ३ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिपक कुमार थापाले उद्घाटन गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक सागर विक्रम राणाले जानकारी दिएका छन् ।

उक्त भवन निर्माणका लागि बागमती गाउँपालिका वडा नम्बर ५ बस्ने निल बहादुर के.सी. र सोही स्थानमा बस्ने नारायण हुमागाईले ३ कठ्ठा जग्गा निःशुल्क रुपमा उपलब्ध गराएका थिए । राष्ट्रिय पुन–निर्माण प्राधिकरण कोषबाट प्राप्त १ करोड ३५ लाख ५१ हजार ७ सय एकासी रुपैयाँ १६ पैसा उक्त भवनको निर्माण गरिएको हो ।

कार्यक्रममा विशिष्ट अतिथी एवम् बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंह सशस्त्र प्रहरी बल नेपाल १४ नम्बर गण मकवानपुरका सशस्त्र प्रहरी उपरीक्षक श्याम कोईराला लगायत १०० जना स्थानिय बासिन्दाहरुको उपस्थिती रहेको थियो ।

यो पनि हेर्नुहोस्

महिलालाई आपत्तिजनक अवस्थामा भेटेपछि हेटौँडाबाट ३ जना पक्राउ

लजका संचालक घलानले अनैतिक कार्यको लागि जानीजानी आफ्नो होटल उपलब्ध गराएको आरोप लगाइएको छ । सो होटलको तेस्रो तल्लामा रहेको कोठा नम्बर ७ मा महिलालाई आपत्तिजनक अवस्थामा फेला पारी सोधपुछ गर्दा उक्त स्थानमा अनैतिक कार्य हुने गरेको बुझिएको भन्दै जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले अनैतिक कार्यमा संलग्न रहेको ३ जनालाई पक्राउ गरेको हो ।

७ वर्षिया बालिकामाथि यत्रो बज्रपात, जीवन बचाईदिन सहयोगको अपिल

हट गायिका रिहानाको पावर, स्न्याप च्याटको भागाभाग

इन्टरनेटको प्रयोगले लाग्ने गम्भीर मानसिक रोगहरु, कतै तपाईलाई पनि यो रोग लागेको छ कि ?

फेसबुक र ट्वीटरमा अब हुन्छ नक्कली अकाउन्टको पर्दाफास, अब खुल्छ पोल

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*