मनहरीको पशुपति माविमा अङ्ग्रेजी माध्यममा अध्यापन

२९ बैशाख २०७६, आईतवार २२:५०

जयराम मोक्तान/ मकवानपुर, २९ बैशाख । मकवानपुरको मनहरी गाउँपालिका पडा नम्बर ४ मसिने स्थित पशुपति माबि चालु शैक्षिक सत्रबाट अङ्ग्रेजी माध्यमबाट कक्षा सञ्चालनमा आएको छ । पछिल्लो समयको अभिभावकहरुमा निजी विद्यालयमात्र मात्र पढाई राम्रो हुन्छ भन्ने गलत मानसिकता भएकाले त्यसको अन्त्यका गर्नका लागि बिद्यालयले अङ्ग्रेजी माध्यमबाट कक्षा सुरु गरेको विद्यालयका प्राध्यापक भानुभक्त आचार्यले जानकारी दिए ।

हाल नर्सरी तथा एल केजीको कक्षा सञ्चालन भइरहेको छ । अंग्रेजी माध्यममा हाल नर्सरी र एल केजीमा गरी ३० जना विद्यार्थी अध्ययन गरिरहेका प्रधानाध्यापक आचार्यले जानकारी दिए । अंग्रेजी माध्यमको कक्षा सञ्चालन गरेको पहिले वर्षमै विद्यार्थीहरुको धेरै सहभागिताले आफुहरु निकै उत्साहित भएको आचार्यले बताए । सामुदायिक विद्यालयमा पनि विना शुल्क राम्रो अंग्रेजी माध्यमको शिक्षा हासिल गर्न सक्ने भएकाले सम्पुर्ण अभिभावकहरुलाई मंहगो शुल्क तिरेर निजी बिद्यालयमा पढाउनु भन्दा सामुदायिक बिद्यालयमानै पढाउन आग्रह समेत विद्यालय परिवारले गरेको छ ।

यस शैक्षिक शत्रबाट केही अनुभव हुने भएकाले आगामी शैक्षिक सत्रबाट भने अझै परिस्कृत ढंगले कक्षाहरु सञ्चालन गरिने समेत प्रधानाध्यापक आचार्यले बताए ।

यो पनि हेर्नुहोस्

महिलालाई आपत्तिजनक अवस्थामा भेटेपछि हेटौँडाबाट ३ जना पक्राउ

७ वर्षिया बालिकामाथि यत्रो बज्रपात, जीवन बचाईदिन सहयोगको अपिल

हट गायिका रिहानाको पावर, स्न्याप च्याटको भागाभाग

इन्टरनेटको प्रयोगले लाग्ने गम्भीर मानसिक रोगहरु, कतै तपाईलाई पनि यो रोग लागेको छ कि ?

फेसबुक र ट्वीटरमा अब हुन्छ नक्कली अकाउन्टको पर्दाफास, अब खुल्छ पोल

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*