साँसद ओम घलानदेखि अध्यक्ष उप्रेतीसम्म भुन्द्रुङ जोड्ने पुल बनाउन पहल गर्दै

२९ बैशाख २०७६, आईतवार २१:५३

जयराम मोक्तान/ मकवानपुर, २९ बैशाख । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ बस्तीपुर र मनहरी गाउँपालिका वडा नम्बर ३ भुन्द्रुङ जोड्ने पक्की पुल निर्माणका लागि साँसददेखि गाउँपालिका अध्यक्षसम्म जुटेका छन् । प्रदेश ३ का साँसद ओम घलानदेखि साँसद रामनारायण बिडारी र मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती राप्ती नदिमाथि पक्की पुल हाल्नका लागि पहलमा जुटेका हुन् ।

पछिल्लो समयमा गाउँपालिकाबाट विनियोजित बजेटहरु विभिन्न विकास निर्माण कार्यहरुमा प्रयोग भएसंगै अपुग बजेट केन्द्र सरकारसँग पनि माग तथा स्वीकृत गराई विभिन्न विकास निर्माण कार्य सञ्चालन भईरहेको छ । स्थानिय सरकार गठन भएयता मनहरी गाउँपालिकाको विभिन्न स्थानमा विकास निर्माणको कार्यहरु लहरै चलेको समेत यी घटनाहरुले प्रमाणित गरेका छन् । यसै क्रममा मनहरी गाउँपालिकाले गाउँपालिकाको ३ नम्बर वडामा पनि भुन्दु्रङ र बस्तिपुर जोड्ने पक्की पुल निर्माणका लागि भौतिक योजना तथा यातायात मन्त्रालयमा पक्की पुल निर्माणको लागि आवश्यक बजेट विनियोजनका गर्न भन्दै २ साँसद र अध्यक्ष उप्रेती भौतिक योजना तथा यातायात मन्त्रालयमै पुगेका हुन् । उनीहरुले स्थानियहरुको समस्या समाधानका लागि मन्त्रालयमा आग्रह गरेका थिए । समस्याको बारेमा मन्त्रालय सकरात्मक रहेको र स्थानिय सरकार गठन पहिले नै उक्त स्थानमा पक्की पुल निर्माणका लागि डिपीआर सम्पन्न भइसकेका कारण पुल निर्माणमा कुनै समस्या नरहेको मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए । पक्की पुल अभावका कारण मनहरी ३ का स्थानियहरु बर्खाको समयमा आवातजावातका गर्न कठिन भइरहेको ३ नम्बर वडा अध्यक्ष मानबहादुर स्याङ्तानले जानकारी दिए ।

पुल अभावकै कारण उक्त स्थानमा उत्पादन भएका विभिन्न कृषिजन्य बस्तुहरुको बजारिकरणमा पनि समस्या भइरहेको छ । तरकारी पकेट तथा आर्गनिक तरकारी उत्पादन क्षेत्र भएकाले उत्पादित तरकारीहरु काठमाण्डौ, नारायणघाट , पोखरा तथा अन्य स्थानमा आयात गर्न कठिनाइ भइरेको स्थानियहरुले बताएका छन् ।

यो पनि हेर्नुहोस्

महिलालाई आपत्तिजनक अवस्थामा भेटेपछि हेटौँडाबाट ३ जना पक्राउ

७ वर्षिया बालिकामाथि यत्रो बज्रपात, जीवन बचाईदिन सहयोगको अपिल

हट गायिका रिहानाको पावर, स्न्याप च्याटको भागाभाग

इन्टरनेटको प्रयोगले लाग्ने गम्भीर मानसिक रोगहरु, कतै तपाईलाई पनि यो रोग लागेको छ कि ?

फेसबुक र ट्वीटरमा अब हुन्छ नक्कली अकाउन्टको पर्दाफास, अब खुल्छ पोल

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*