रुपन्देहीका व्यवसायीलाई हेटौँडामा स्वागत

२७ बैशाख २०७६, शुक्रबार २२:०९
MCCI Hetauda-Murchunga TV

मकवानपुर, २७ बैशाख । मकवानपुर उद्योग वाणिज्य संघले शुक्रबार रुपन्देही उद्योग संघको भ्रमण टोलीलाई हेटौंडामा स्वागत गरेको छ । रुपन्देही उद्योग संघका अध्यक्ष गणेश प्रसाद अधिकारीको नेतृत्वमा ३२ सदस्यीय भ्रमण टोली हेटौंडा आएका हुन् । संघले भ्रमण टोलीको सम्मानमा स्वागत तथा छलफल कार्यक्रम अयोजना गर्दै उनीहरुलाई स्वागत गरेको हो ।

कार्यवाहक अध्यक्ष न्यौपानेले मकवानपुर जिल्लामा आर्थिक सामाजिक विकासमा संघले खेलेको भूमिका सहित संघको गतिविधि बारे जानकारी गराएका थिए भने रुपन्देही उद्योग संघका अध्यक्ष अधिकारीले आफ्नो संघले गरेको गतिविधिहरु बारे चर्चा गरेका थिए । सोही सन्दर्भमा उनले आफ्नो ५ नम्बर प्रदेशमा बुटवल र नेपालगंज गरी दुई स्थानमा औद्योगिक क्षेत्र भएतापनि थप उद्योगहरु स्थापना गर्न जमिन अभाव रहेको बताए । त्यस्तै मुटु सम्बन्धी उपचारको लागि अस्पताल संचालनको पहल गरिएको समेत उनले बताए । गौतम बुद्धको जन्मस्थल रुपन्देही नै भएकोले पर्यटनको राम्रो सम्भावना रहेको उनको भनाई थियो । नाकाबन्दीको समयमा सुनौली नाकाबाट सामान आयात गर्न स्थानीय अन्य संघसंस्थासंग समेत सहकार्य गरी सहजिकरण गरेकोले उक्त नाका तत्कालिन समयमा देशकै लागि सहज नाका बन्न सकेको पनि उनले सुनाए । रुपन्देहीका स्थानीय निकायहरुले आफूहरु संगपनि सहकार्य गरी कामकारवाही गरिरहेकोले राम्रो सम्बन्ध रहेको उनले बताए ।

संघका कार्यवाहक अध्यक्ष माधव न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा संघका उपाध्यक्ष राम प्रसाद न्यौपाने, महासचिव प्रमोद सिंह रानाभाट, कोषाध्यक्ष अनिल अग्रवाल, कार्यसमिति सदस्यहरु विष्णु खनाल, नीलम वैद्य, माधव ज्ञवाली, कुल प्रसाद चौलागाई, रुपकराज दहाल, वालकुमार मल्ल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा संघका उपाध्यक्ष रामप्रसाद न्यौपाने, महासचिव प्रमोद सिंह रानाभाट त्यसैगरी रुपन्देही उद्योग संघका पूर्व अध्यक्ष ईन्जिनियर प्रधुम्नलाल श्रेष्ठ र महेन्द्र नारायण श्रेष्ठद्धयले पनि मन्तव्य राखेका थिए । शुक्रबारनै भ्रमणटोली मकवानपुर जिल्लाको थाहानगरको मनोरम दृश्यावलोकन गर्नेगरी उत्तरी क्षेत्र तर्फ प्रस्थान गरेको छ ।

यो पनि हेर्नुहोस्

महिलालाई आपत्तिजनक अवस्थामा भेटेपछि हेटौँडाबाट ३ जना पक्राउ

रोज लामालाई मिस नेपाल सुपरनेशनलको ताज, २ वटा उप–विधामा पनि अवार्ड

अनुष्का श्रेष्ठ बनिन् मिस नेपाल वर्ल्ड २०१९, रोज, मिरा,रिया र प्रदिप्तालाई ताज

रोज लामासहित ७ जना मिस नेपालको फाईनलमा

मिस नेपालको फाईनल जारी, के–के हुँदैछ ? लाईभ हेर्नुहोस्
मिस नेपालमा रोज लामालाई २ वटा अवार्ड, फाईनल जारी

मिस नेपालको ट्यालेन्ट राउण्डमा कसले के गरे ?

को बन्छ Miss Nepal 2019 ? यस्ता छन् Miss Nepal 2019 Top 26 Contestants

मुटुदेखि मुटुसम्म भाग ४ – नयाँ वर्ष ‘जीन्दगीको अन्त्यको यात्रा’

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*