महिलालाई आपत्तिजनक अवस्थामा भेटेपछि हेटौँडाबाट ३ जना पक्राउ

२७ बैशाख २०७६, शुक्रबार १९:५३
Ghalan Hotel Pakrau-Murchunga TV

मकवानपुर, २७ बैशाख । मकवानपुरको हेटौँडा उपमहानगरपाकिला वडा नम्बर १० बसपार्क क्षेत्रमा सञ्चालित एक होटलमा एक महिलालाई आपत्तिजनक अवस्थामा भेटेपछि प्रहरीले महिलासहित होटल सञ्चालक र कामदारलाई पक्राउ गरेको छ । हेटौँडा १० मा रहेको घलान होटल एण्ड लजमा अनैतिक कार्य हुने गरेको भनि प्राप्त सुचनाको आधारमा बिहीबार गरेको जाँचका क्रममा दिउँसो करिब साढे २ बजे होटलको कोठा नम्बर ७ मा एक महिलालाई आपत्तिजनक अवस्थामा फेला परेपछि प्रहरीले होटल एण्ड लजका संचालक सोही स्थानमा बस्ने बर्ष ३७ को गणेश बहादुर घलान, सोही होटलमा काम गर्ने हेटौँडा २ का ४१ वर्षीय श्रीकृष्ण खड्के र महिलालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

लजका संचालक घलानले अनैतिक कार्यको लागि जानीजानी आफ्नो होटल उपलब्ध गराएको आरोप लगाइएको छ । सो होटलको तेस्रो तल्लामा रहेको कोठा नम्बर ७ मा महिलालाई आपत्तिजनक अवस्थामा फेला पारी सोधपुछ गर्दा उक्त स्थानमा अनैतिक कार्य हुने गरेको बुझिएको भन्दै जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले अनैतिक कार्यमा संलग्न रहेको ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुबिधा र नैतिकता बिरुद्धको कसुर अपराध अन्तर्गतका मुद्धामा मकवानपुर जिल्ला अदालतबाट म्याद थप गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

यो पनि हेर्नुहोस्

रोज लामालाई मिस नेपाल सुपरनेशनलको ताज, २ वटा उप–विधामा पनि अवार्ड

अनुष्का श्रेष्ठ बनिन् मिस नेपाल वर्ल्ड २०१९, रोज, मिरा,रिया र प्रदिप्तालाई ताज

रोज लामासहित ७ जना मिस नेपालको फाईनलमा

मिस नेपालको फाईनल जारी, के–के हुँदैछ ? लाईभ हेर्नुहोस्
मिस नेपालमा रोज लामालाई २ वटा अवार्ड, फाईनल जारी

मिस नेपालको ट्यालेन्ट राउण्डमा कसले के गरे ?

को बन्छ Miss Nepal 2019 ? यस्ता छन् Miss Nepal 2019 Top 26 Contestants

मुटुदेखि मुटुसम्म भाग ४ – नयाँ वर्ष ‘जीन्दगीको अन्त्यको यात्रा’

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*