जनप्रियका विद्यार्थीहरुद्वारा आईपिएम पाठशाला अवलोकन

२७ बैशाख २०७६, शुक्रबार १२:४८
IPM Krishak Pathshala Hetauda-Murchunga TV 2

मकवानपुर, २७ बैशाख । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ हटियामा अवस्थित जनप्रिय उच्च माध्यमिक विद्यालय प्राविधिक शिक्षालयका विद्यार्थीहरुले हेटौँडा १६ पुर्वेली टोलमा सञ्चालित पुर्वेली टोल आईपिएम कृषक पाठशालाको अवलोकन गरेका छन् । शुक्रबार बिहान विद्यालयमा अध्ययनरत प्राविधिक विद्यार्थी तथा शिक्षकहरुको टोलीले कृषक पाठशालामा अवलोकन गरेको पाठशालाका कृषक सहजकर्ता घमराज तिमल्सिनाले जानकारी दिए ।

हेटौँडा उपमहानगरपालिका कृषि फाँटको आर्थिक सहयोगमा सञ्चालित कृषक पाठशालामा अवलोकनका लागि पुगेका प्राविधिक विद्यार्थीहरुलाई कृषक सहजकर्ता तिल्सिनाले आईपिएम कृषक पाठशाला सम्बन्धी जानकारी गराएका थिए । अवलोकनमा विद्यार्थी र शिक्षक गरी करिब ३० जनाको सहभागिता रहेको थियो अवलोकनका क्रममा कृषक प्लट र आईपिएम प्लटका बारेमा तुलनात्मक जानकारी गराइएको थियो । साथै उक्त अध्ययन क्षेत्रमा जातिय परिक्षण प्लट, मलखाद परिक्षण प्लट र झुलघर परिक्षण प्लट समेत अवलोकन भएको थियो । उक्त विषयमा सहजकर्ता तिमल्सिनाले अवलोकनकर्ताहरुलाई सहजीकरण गर्नुका साथै उनीहरुको जिज्ञासा मेटाएका थिए ।

गत फागुन १९ गतेबाट सञ्चालनमा आएको कृषक पाठशालामा कृषक प्लट तथा आईपिएम प्लटको तुलनात्मक अध्ययन भईरहेको छ । २५ जना कृषकहरु सहभागी उक्त पाठशालामा हरेक हप्ता बिहान ७ बजेदेखि ११ बजेसम्म दैनिक अवलोकन गरिने व्यवस्था छ । एक बाली अवधी अर्थात करिब १६ हप्ताका लागि उक्त पाठशालामा अध्ययनको व्यवस्था गरिएको हो ।

यो पनि हेर्नुहोस्

रोज लामालाई मिस नेपाल सुपरनेशनलको ताज, २ वटा उप–विधामा पनि अवार्ड

अनुष्का श्रेष्ठ बनिन् मिस नेपाल वर्ल्ड २०१९, रोज, मिरा,रिया र प्रदिप्तालाई ताज

रोज लामासहित ७ जना मिस नेपालको फाईनलमा

मिस नेपालको फाईनल जारी, के–के हुँदैछ ? लाईभ हेर्नुहोस्
मिस नेपालमा रोज लामालाई २ वटा अवार्ड, फाईनल जारी
पदमपोखरीको सनराईज बोर्डिङ स्कूलमा आगलागी

मिस नेपालको ट्यालेन्ट राउण्डमा कसले के गरे ?

को बन्छ Miss Nepal 2019 ? यस्ता छन् Miss Nepal 2019 Top 26 Contestants

मुटुदेखि मुटुसम्म भाग ४ – नयाँ वर्ष ‘जीन्दगीको अन्त्यको यात्रा’

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*