अनुष्का श्रेष्ठ बनिन् मिस नेपाल वर्ल्ड २०१९, रोज, मिरा,रिया र प्रदिप्तालाई ताज

२६ बैशाख २०७६, बिहीबार २३:०८

चन्द्र घलान, काठमाडौँ, २६ बैशाख । मिस नेपाल वर्ल्ड २०१९ को ताज काठमाडौँकी अनुष्का श्रेष्ठले जितेकी छिन् । अनुष्का २३ वर्षकी छिन् । अनुष्का ५ फिट ६ ईन्च उचाईकी छिन् । उनले मिस वल्र्ड २०१९ मा भिड्नेछिन् । आज किर्तिपुरको ल्याब्रोटरी स्कूलमा भएको फाईनलमा ७ जना फाईनालिष्टहरुलाई पछि पार्दै अनुष्काले ताज जितेकी हुन् । उनलाई मिस नेपाल वर्ल्ड २०१८ कि विजेता श्रृङ्खला खतिवडाले ताज पहिर्याईन् । फाईनलमा परेका ७ जना प्रतिस्पर्धीहरु रक्षा उप्रेती, रोज लामा, प्रदिप्ता अधिकारी, सोफिया भुजेल, रिया बस्नेत र मिरा कक्षपतिलाई जित्दै उनले ताज पहिरिन सफल भएकी हुन् ।

त्यस्तै मिस नेपाल सुपर नेशनल २०१९–रोज लामा, मिस नेपाल ईन्टरनेशनल २०१९–मिरा कक्षपति, मिस नेपाल अर्थ २०१९–रिया बस्नेत र मिस नेपाल युनिभर्स २०१९–प्रदिप्ता अधिकारी हुन सफल भईन् । मिस नेपाल अन्तर्गत भएका १२ उप–विधामा काठमाडौँ जोरपाटीकी रोज लामाले दुई वटा अवार्ड जितेकी छिन् । उनले बर्जर मिस ग्लामर २०१९ र क्रियटिभ दि स्टुडियो मिस फोटोजेनिक २०१९ अवार्ड जितेकी हुन् । मिस नेपाल सुपर नेशनल २०१९ को ताज जितेसँगै उनले १ विधा र २ उप–विधामा जित हात पारेकी छिन् । त्यस्तै काठमाडौँकी प्रदिप्ता अधिकारीले पनि २ वटा उप–विधामा अवार्ड जितेकी छिन् । उनले मिस गोल्डस्टार बेस्ट मिस एथलेट २०१९ र एन म्याग मिस ट्यालेन्ट २०१९ जितेकी हुन् । साथै उनले मिस नेपाल युनिभर्स २०१९ को ताज समेत पहिरिन सफल भईन् ।

१२ उप–विधाहरुमा ह्युन्डाई मिस फ्रेण्डसिप २०१९–न्यान्सी बोगटी, लिभोन मिस ब्युटीफुल हेयर २०१९–मिरा कक्षपति, बर्जर मिस ग्लामर २०१९–रोज लामा, क्रियटिभ दि स्टुडियो मिस फोटो जेनिक २०१९–रोज लामा, दि काठमाण्डु पोष्ट मिस इन्टेलेक्चुअल २०१९–अनुष्का श्रेष्ठ, गोदरेज नम्बर वन मिस बेष्ट न्याचुरल स्किन २०१९ – जेनी महर्जन, मिस गोल्डस्टार बेस्ट मिस एथलेट २०१९–प्रदिप्ता अधिकारी, ब्रिज सिमेन्ट मिस कन्फिेडेन्ट २०१९– निशा पाठक, बिप मिस पपुलर च्वाईस २०१९–रिया बस्नेत, एन म्याग मिस ट्यालेन्ट २०१९– प्रदिप्ता अधिकारी, यामाहा मिस फ्यासिनो २०१९–अनुष्का श्रेष्ठ र फोन पे ब्युटी उईथ अ पर्पोज–नितिका कर्मचार्यले जितिन् ।

मिस नेपालको उत्कृष्ट २५ मा काठमाडौँकी निशा पाठक, पोखराकी एलिशा जोशी, काठमाडौँकी सोफिया भुजेल, रिया बस्नेत,अनुष्का श्रेष्ठ, जेन्नी महर्जन, ललितपुरकी अस्मिता महर्जन, काठमाडौँकी किरण थापा, प्रदिप्ता अधिकारी, ललितपुरकी नितिका कर्मचार्य, काठमाडौँकी रोज लामा,पोखराकी सारा बजिमय, हात्तिवन ललितपुरकी लक्ष्मी राउत, काठमाडौँकी रक्षा उप्रेती, भक्तपुरकी मीरा कक्षपति, मोरङकी जेनिशा थपलिया, झापाकी पुजा श्रेष्ठ, चितवनकी विपना सुवेदी, ललितपुरकी सुभेच्छा अधिकारी, झापाकी प्रकृति कट्वाल, चितवनकी न्यान्सी बोगटी, भैरहवाकी शिवानी घिमिरे, काठमाडौँकी सान्त्वना मालाकार, प्रथा अधिकारी र भैरहवाकी संस्कृति घिमिरे रहेकी थिईन् ।

यो पनि हेर्नुहोस्

अनुष्का श्रेष्ठ बनिन् मिस नेपाल वर्ल्ड २०१९, रोज, मिरा,रिया र प्रदिप्तालाई ताज

रोज लामासहित ७ जना मिस नेपालको फाईनलमा

मिस नेपालको फाईनल जारी, के–के हुँदैछ ? लाईभ हेर्नुहोस्
मिस नेपालमा रोज लामालाई २ वटा अवार्ड, फाईनल जारी

पदमपोखरीको सनराईज बोर्डिङ स्कूलमा आगलागी

मिस नेपालको ट्यालेन्ट राउण्डमा कसले के गरे ?

को बन्छ Miss Nepal 2019 ? यस्ता छन् Miss Nepal 2019 Top 26 Contestants

मुटुदेखि मुटुसम्म भाग ४ – नयाँ वर्ष ‘जीन्दगीको अन्त्यको यात्रा’

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*