
रोज लामासहित ७ जना मिस नेपालको फाईनलमा

चन्द्र घलान/काठमाडौँ, २६ बैशाख । मिस नेपाल २०१९ को फाईनल यतिखेर किर्तिपुरको ल्याब्रोटरी स्कूलमा हुँदैछ । भर्खरै भईरहेको कार्यक्रममा सेमिफाईनलमा परेका १४ प्रतिस्पर्धीहरुबाट ७ जना प्रतिस्पर्धीहरु फाईनलमा पुगेका छन् । फाईनलमा परेका ७ जना प्रतिस्पर्धीहरुमा अनुष्का श्रेष्ठ, रक्षा उप्रेती, रोज लामा, प्रदिप्ता अधिकारी, सोफिया भुजेल, रिया बस्नेत र मिरा कक्षपति रहेका छन् । उनीहरुलाई भर्खरै प्रश्न सोधेर सकिएको छ ।
यस अघि सेमिफाईनलमा परेका १४ हरुलाई प्रश्नउत्तर राउण्डमा सहभागिता गराएर फाईनालिष्ट छानिएको हो । यसअघि नै काठमाडौँ जोरपाटीकी रोज लामाले दुई वटा अवार्ड जितेकी छिन् । उनले बर्जर मिस ग्लामर २०१९ र क्रियटिभ दि स्टुडियो मिस फोटोजेनिक २०१९ अवार्ड जितेकी हुन् ।
त्यस्तै ह्युन्डाई मिस फ्रेण्डसिप २०१९ न्यान्सी बोगटी र लिभोन मिस ब्युटीफुल हेयर २०१९ मिरा कक्षपतिले जितेकी छिन् । त्यस्तै दि काठमाण्डु पोष्ट मिस इन्टेलेक्चुअल २०१९ अनुष्का श्रेष्ठ र गोदरेज नम्बर वन मिस बेष्ट न्याचुरल स्किन २०१९ जेनी महर्जनले जितेकी छिन् । फाईनल अझै जारी छ । हेर्नुहोस् प्रत्यक्ष प्रसारण–
१४ जना सेमिफाईनालिष्टमा रक्षा उप्रेती, सोफिया भुजेल, रिया बस्नेत, रोज लामा, सुभेच्छा अधिकारी, नितिका कर्मचार्य, जेनी महर्जन, शिवानी घिमिरे, प्रथा अधिकारी, अनुष्का श्रेष्ठ, प्रदिप्ता अधिकारी, निशा पाठक, मिरा कक्षपति, न्यान्सी बोगटी लगायतका प्रतियोगीहरु परेका थिए ।
मिस नेपालको उत्कृष्ट २५ मा काठमाडौँकी निशा पाठक, पोखराकी एलिशा जोशी, काठमाडौँकी सोफिया भुजेल, रिया बस्नेत,अनुष्का श्रेष्ठ, जेन्नी महर्जन, ललितपुरकी अस्मिता महर्जन, काठमाडौँकी किरण थापा, प्रदिप्ता अधिकारी, ललितपुरकी नितिका कर्मचार्य, काठमाडौँकी रोज लामा,पोखराकी सारा बजिमाया, हात्तिवन ललितपुरकी लक्ष्मी राउत, काठमाडौँकी रक्षा उप्रेती, भक्तपुरकी मीरा कक्षपति, मोरङकी जेनिशा थपलिया, झापाकी पुजा श्रेष्ठ, चितवनकी विपना सुवेदी, ललितपुरकी सुभेच्छा अधिकारी, झापाकी प्रकृति कट्वाल, चितवनकी न्यान्सी बोगटी, भैरहवाकी शिवानी घिमिरे, काठमाडौँकी सान्त्वना मालाकार, प्रथा अधिकारी र भैरहवाकी संस्कृति घिमिरे रहेकी थिईन् ।
यो पनि हेर्नुहोस्
मिस नेपालको फाईनल जारी, के–के हुँदैछ ? लाईभ हेर्नुहोस्
मिस नेपालमा रोज लामालाई २ वटा अवार्ड, फाईनल जारी
पदमपोखरीको सनराईज बोर्डिङ स्कूलमा आगलागी
मिस नेपालको ट्यालेन्ट राउण्डमा कसले के गरे ?
को बन्छ Miss Nepal 2019 ? यस्ता छन् Miss Nepal 2019 Top 26 Contestants
मुटुदेखि मुटुसम्म भाग ४ – नयाँ वर्ष ‘जीन्दगीको अन्त्यको यात्रा’
स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?