मिस नेपालमा रोज लामालाई २ वटा अवार्ड, फाईनल जारी

२६ बैशाख २०७६, बिहीबार २१:१७

मकवानपुर, २६ बैशाख । मिस नेपाल २०१९ को फाईनल यतिखेर किर्तिपुरको ल्याब्रोटरी स्कूलमा हुँदैछ । भर्खरै भएको अवार्ड घोषणा कार्यक्रममा काठमाडौँ जोरपाटीकी रोज लामाले दुई वटा अवार्ड जितेकी छिन् । उनले बर्जर मिस ग्लामर २०१९ र क्रियटिभ दि स्टुडियो मिस फोटोजेनिक अवार्ड जितेकी हुन् । उनी अहिले सेमिफाईनलमा भिड्दै छिन् ।

काठमाडौँ जोरपाटीकी स्थायी निवासी रोज लामा २० वर्षकी छिन् । उनी ५ फिट ६ ईन्च उचाईकी छिन् । क्यालोफोर्नियामा बस्ने नेपालीहरुमाझ भएको मिस नेपाल क्यालेफोर्निया २०१७ की बिजेता समेत बनिसकेकी रोज लामाले गोल्ड स्टार मिस एथलेट अन्तर्गत भएको सटपुट प्रतियोगितामा रोजले तृतिय स्थान हासिल गरेकी थिईन् । फुर्सदको समयमा अध्ययन गर्न, लेख्न तथा नयाँ नयाँ खोज गर्न मन पराउने उनले सफल इन्डष्ट्रीयल डिजाईनर र समाजसेवी बन्ने लक्ष्य राखेकी छिन् । कन्स्ट्रक्टिभ टु डी र थ्री डि डिजाईन ड्रईङ गर्न पनि मनपराउने उनले इन्टीरियर डिजाईनिङ र स्टुडियो आर्ट विषयमा स्नातक गर्दै छिन् ।
त्यस्तै ह्युन्डाई मिस फ्रेण्डसिप २०१९ न्यान्सी बोगटी र लिभोन मिस ब्युटीफुल हेयर २०१९ मिरा कक्षपतिले जितेकी छिन् । त्यस्तै दि कमाठमाण्डु पोष्ट मिस इन्टेलेक्चुअल २०१९ अनुष्का श्रेष्ठ र गोदरेज नम्बर वन मिस बेष्ट न्याचुरल स्किन २०१९ जेनी महर्जनले जितेकी छिन् । फाईनल अझै जारी छ । हेर्नुहोस् प्रत्यक्ष प्रसारण–

मिस नेपालको उत्कृष्ट २५ मा काठमाडौँकी निशा पाठक, पोखराकी एलिशा जोशी, काठमाडौँकी सोफिया भुजेल, रिया बस्नेत,अनुष्का श्रेष्ठ, जेन्नी महर्जन, ललितपुरकी अस्मिता महर्जन, काठमाडौँकी किरण थापा, प्रदिप्ता अधिकारी, ललितपुरकी नितिका कर्मचार्य, काठमाडौँकी रोज लामा,पोखराकी सारा बजिमाया, हात्तिवन ललितपुरकी लक्ष्मी राउत, काठमाडौँकी रक्षा उप्रेती, भक्तपुरकी मीरा कक्षपति, मोरङकी जेनिशा थपलिया, झापाकी पुजा श्रेष्ठ, चितवनकी विपना सुवेदी, ललितपुरकी सुभेच्छा अधिकारी, झापाकी प्रकृति कट्वाल, चितवनकी न्यान्सी बोगटी, भैरहवाकी शिवानी घिमिरे, काठमाडौँकी सान्त्वना मालाकार, प्रथा अधिकारी र भैरहवाकी संस्कृति घिमिरे रहेकी छिन् ।

यो पनि हेर्नुहोस्

पदमपोखरीको सनराईज बोर्डिङ स्कूलमा आगलागी

मिस नेपालको ट्यालेन्ट राउण्डमा कसले के गरे ?

को बन्छ Miss Nepal 2019 ? यस्ता छन् Miss Nepal 2019 Top 26 Contestants

मुटुदेखि मुटुसम्म भाग ४ – नयाँ वर्ष ‘जीन्दगीको अन्त्यको यात्रा’

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*