हेटौँडामा पनि सुन काण्ड, चेकिङमा समातियो सुन

२६ बैशाख २०७६, बिहीबार १७:०१
Sun Kanda Gold Case-Murchunga TV

मकवानपुर, २६ बैशाख । विगतका समयमा देशमा भएको ठूलो सुन काण्डका बारेमा निकै समाचार बनाइएता पनि मकवानपुर जिल्लामा भने लागुऔषधका बारेमा बढी समाचार बन्ने गरेका थिए । मकवानपुर प्रहरीले दैनिक लागुऔषध प्रयोगकर्ता, गाँजा बोक्ने खेतालादेखि अवैध कपडा बोक्नेलाई समातेका घटनाहरु प्राय हरेक दिन सार्वजनिक हुन्थ्यो तर मकवानपुरमा सम्भवत २०७६ सालमा पहिलो पटक अवैध सुन नियन्त्रणमा लिइएको घटना पनि सार्वजनिक भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिहीबार १ केजी ६४९ ग्राम ८९० मिलिग्राम सुनसहित एकजनालाई पक्राउ गरेपछि मकवानपुरको बाटो हुँदै अवैध सुनको कारोबार हुने गरेको खुलेको छ । बैशाख २३ गते बिहान करिब साढे ३ बजेको समयमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरिक्षक अरुण कुमार कुशवाहाको कमाण्डमा खटिएको चेकिङ टोलीले भोजपुर जिल्लाको षडानन्द नगरपालिका वडा नम्बर ४ बस्ने बर्ष २९ को किशोर ल्वागुन बिकलाई पक्राउ गरेपछि सुन काण्डको अर्को घटना सार्वजनिक भएको हो । सुरक्षा जाँच टोलीले मकवानपुरको हेटौडा उप–महानगरपालिका वडा नम्बर १५ स्थित सडक खण्डमा काठमाण्डौबाट बिरगंजतर्फ जाँदै गरेको ना.८ ख ३७९२ नम्बरको यात्रुवाहक बसलाई रोकी जाँच गर्दा सोहि बसमा सवार बिकले लगाएको दुबै खुट्टाको जुत्ता भित्र पैतलामुनी र उनले लगाएको पाईन्टको खल्तिमा भन्सार छली अबैध रुपले लुकाई छिपाई ल्याएको सुन फेला परेको प्रहरीले जनाएको छ ।

बिहीबार भएको सुनको बजार भाउ अनुसार ८५ लाख ८६ हजार २६ रुपैयाँ बराबर मुल्यको सुन फेला परेपछि बिकलाई समेत पक्राउ गरी आवश्यक अनुसन्धान थालिएको मकवानपुर प्रहरीले जनाएको छ । उनलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

यो पनि हेर्नुहोस्

पदमपोखरीको सनराईज बोर्डिङ स्कूलमा आगलागी

मिस नेपालको ट्यालेन्ट राउण्डमा कसले के गरे ?

को बन्छ Miss Nepal 2019 ? यस्ता छन् Miss Nepal 2019 Top 26 Contestants

मुटुदेखि मुटुसम्म भाग ४ – नयाँ वर्ष ‘जीन्दगीको अन्त्यको यात्रा’

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*