रोज लामा पहिलो, प्रदिप्ता अधिकारी दोस्रो

२६ बैशाख २०७६, बिहीबार १३:४९
Featured Video Play Icon

चन्द्र घलान,मकवानपुर, २६ बैशाख । मिस नेपाल २०१९ अन्तर्गत ‘मिस ब्युटिफुल हेयर’ को लागि लिभोन लाईफ एप मार्फत भएको भोटिङमा काठमाडौँ जोरपाटीकी रोज लामाले सबैभन्दा बढी भोट प्राप्त गरेर पहिलो हुन सफल भएकी छिन् । भोटिङ बन्द भइसकेपछिको अन्तिम नतिजा अनुसार उनले सम्पूर्ण भोटहरुमध्ये २३.४४ प्रतिशत भोट प्राप्त गरेकी छिन् । तर मिस ब्युटिफुल हेयर हुनका लागि यो भोट मात्र पर्याप्त नहुने आयोजक द हिडेन ट्रेजरले जनाएको छ । यो भोटको केही प्रतिशत र निर्णायकको मत सहित आज हुने फाईनल कार्यक्रमका दौरान नतिजा घोषणा गरिनेछ । रोजले लगातार अघि बढ्दै पहिलो स्थान हासिल गरेकी हुन् । भोटिङका दौरान साँतौँ, पाँचौँ, तेस्रो र दोस्रो हुँदै हिजो अन्तिम दिन प्राप्त भोटले उनलाई पहिलो नम्बरमा पुराउन सफल भएको हो । हेरौँ भिडियो रिपोर्ट–

मिस ब्युटिफुल हेयरका लागि लिभोन लाईफ एपमा प्राप्त अन्तिम भोटिङ नतिजा अनुसार काठमाडौँकी प्रदिप्ता अधिकारी दोस्रो स्थानमा छिन् । उनले २१.२१ प्रतिशत भोट प्राप्त गरेकी छिन् । उनी मिस एथलेटकी विजेता समेत हुन् । त्यस्तै तेस्रो स्थानमा परेकी काठमाडौँकी सान्त्वना मालाकारले १४.०२ प्रतिशत भोट प्राप्त गरेकी छिन् । काठमाडौँकी रिया बस्नेत ७.०१ प्रतिशत भोट प्राप्त गर्दै चौथौ स्थानमा र काठमाडौँकी अनुष्का श्रेष्ठ ६.९६ प्रतिशत भोट प्राप्त गर्र्दै पाँचौँ नम्बरमा पर्न सफल भएकी छिन् । काठमाडौँकी निशा पाठक ५.०७ प्रतिशत भोट प्राप्त छैठौँ र भैरहवाकी शिवानी घिमिरे ४.६३ प्रतिशत भोट प्राप्त गर्दै सातौँ स्थानमा छिन् । त्यस्तै काठमाडौँकी सोफिया भुजेल ४.४८ प्रतिशत भोट प्राप्त गर्दै आठौँ स्थानमा, चितवनकी विपना सुवेदी ३.९९ प्रतिशत भोट प्राप्त गर्दै नवौँ स्थानमा र काठमाडौँकी रक्षा उप्रेती १.८९ प्रतिशत भोट प्राप्त गर्दै दशौँ स्थानमा परेकी छिन् ।

मिस ब्युटिफुल हेयरको भोटिङमा ललितपुरकी अस्मिता महर्जनले १.३६ प्रतिशत, काठमाडौँकी प्रथा अधिकारीले ०.९२ प्रतिशत, मोरङकी जेनिशा थपलियाले ०.७ प्रतिशत, ललितपुरकी सुभेच्छा अधिकारीले ०.६७ प्रतिशत, पोखराकी सारा बजिमयले ०.६७ प्रतिशत र भद्रपुरकी पुजा श्रेष्ठले ०.६२ प्रतिशत भोट प्राप्त गरेकी छिन् । त्यस्तै पोखराकी एलिशा जोशीले ०.५३ प्रतिशत, ललितपुरकी नितिका कर्मचार्यले ०.५३ प्रतिशत , काठमाडौँकी न्यान्सी बोगटीले ०.३ प्रतिशत र काठमाडौँकी किरण थापाले ०.२७ प्रतिशत भोट प्राप्त गरेकी छिन् । त्यस्तै काठमाडौँकी जेन्नी महर्जनले ०.२४ प्रतिशत, भैरहवाकी सँस्कृति घिमिरेले ०.१७ प्रतिशत, भक्तपुरकी मिरा कक्षपतिले ०.१५ प्रतिशत र ललितपुरकी लक्ष्मी राउतले ०.१ प्रतिशत भोट प्राप्त गरेकी छिन् । लिष्टमा ०.१ प्रतिशत भोट प्राप्त गर्दै झापाकी प्रकृति कट्वाल अन्तिम स्थानमा छिन् । मिस नेपालको फाईनल आज राति साढे सात बजे किर्तिपुरको ल्याब्रोटरी स्कूलमा हुँदैँछ ।

आदरणीय दर्शकबिन्द, तपाईलाई यो भिडियो कस्तो लाग्यो ? उत्कृष्ट २५ मध्ये तपाईको विचारमा को बन्न सक्छिन् मिस नेपाल २०१९ ? अनि को बन्न सक्छिन् लिभोन मिस ब्युटिफुल हेयर ? यसको जवाफ पनि कमेन्टमा लेख्न नभुल्नुहोला । साथै यो भिडियोलाई लाईक र शेयर गरिदिनुहोला र अन्य भिडियोका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्न नभुल्नुहोला ।

यो पनि हेर्नुहोस्

पदमपोखरीको सनराईज बोर्डिङ स्कूलमा आगलागी

मिस नेपालको ट्यालेन्ट राउण्डमा कसले के गरे ?

को बन्छ Miss Nepal 2019 ? यस्ता छन् Miss Nepal 2019 Top 26 Contestants

मुटुदेखि मुटुसम्म भाग ४ – नयाँ वर्ष ‘जीन्दगीको अन्त्यको यात्रा’

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*