पदमपोखरीको सनराईज बोर्डिङ स्कूलमा आगलागी

२६ बैशाख २०७६, बिहीबार ०८:१६
Sunrise Aaglagi-Murchunga TV 2

मकवानपुर, २६ बैशाख । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा अवस्थित सनराईज ईङ्ग्लिस बोर्डिङ स्कूलमा बिहीबार बिहान ग्यास सिलिण्डर पड्कीएर आगलागी भएको छ । बिहान करिब साढे ६ बजेको समयमा विद्यालयहातामा रहेको क्यान्टिनमा भएको ग्यास सिलिण्डर विस्फोट भएपछि आगलागी भएको हो ।

पहिले एउटा सिलिण्डर विस्फोट भएर आगलागी हुन सुरु भएपछि पूनः अर्को सिलिण्डर विस्फोट भएको थियो । सिलिण्डर विस्फोटबाट आगलागी भएपछि ३ कोठे भवन करिब पूर्णरुपमा क्षति भएको रासस सहकर्मी रिपेश दाहालले जानकारी दिए । सिलिण्डर विस्फोट हुँदा क्यान्टिनका जस्ताहरु उडेर नजिकै रहेको घरहरुसम्म पुगको प्रत्यक्षदर्शीहरुले बताए । आगलागीमा परि क्यान्टिनमा भएका करिब ५ लाख बराबरको सामाग्री जलेर नष्ट भएको छ । क्यान्टिन संचालक राजेन्द्र लामा समेत आगलागीमा परि सामान्य घाईते भएका छन् । उनको कपाल डढ्नुका साथै सामान्य चोट लागेको र अवस्था सामान्य रहेको बताइएको छ ।

Sunrise Aaglagi-Murchunga TV 1

तस्बिरहरु– राससकर्मी रिपेश दाहाल

आगलागीलाई स्थानीयवासी तथा हेटौँडा उपमहानगरपालिकाको दमकल प्रयोग गरी नियन्त्रणमा लिइएको छ । क्यान्टिन क्षेत्रमा आगलागी भएता पनि अध्ययन सञ्चालन हुने कक्षाकोठाहरु भने सुरक्षित रहेको विद्यालयका प्रिन्सीपल विष्णु श्रेष्ठले जानकारी दिए । कक्षाकोठाहरु सुरक्षित रहेकाले विद्यालयमा नियमित अध्ययन सञ्चालन हुने उनले बताए । नियमित पढाई हुने भएकोले उनले विद्यार्थीहरुलाई विद्यालयमा आउन समेत आग्रह गरेका छन् ।

यो पनि हेर्नुहोस्

मिस नेपालको ट्यालेन्ट राउण्डमा कसले के गरे ?

को बन्छ Miss Nepal 2019 ? यस्ता छन् Miss Nepal 2019 Top 26 Contestants

मुटुदेखि मुटुसम्म भाग ४ – नयाँ वर्ष ‘जीन्दगीको अन्त्यको यात्रा’

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*