उत्तरपानीमा वर्षौँको मेहनतपछि गुम्बा निर्माण, धमाधम पुजा हुँदै

२५ बैशाख २०७६, बुधबार ०९:०२

मकवानपुर, २५ बैशाख । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १४ उत्तरपानीमा वर्षौँको मेहनतपश्चात एक गुम्बाको निर्माण सम्पन्न भएको छ । गुम्बाको निर्माण भएसँगै अहिले गुम्बामा धुमधामका साथ पुजा सञ्चालन भईरहेको उत्तरपानीबाट स्थानीय दिपक लामाले जानकारी दिएका छन् ।

यही बैशाख २३ गतेबाट उर्ग्येन पेमा दुप्किलिंग बौद्ध गुम्बामा सुरु भएको पुजा बैशाख २६ गते सकिने जनाइएको छ । दैनिक भईरहेको पुजापाठको समापन कार्यक्रममा प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेल, मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ तथा हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत लगायतको उपस्थिति गराउने तयारी गरिएको छ । करिब ४ वर्षअघि थालिएको गुम्बा निर्माणका लागि नेपालका विभिन्न जिल्लाहरुसहित भारत तथा बंगलादेशका सहयोगीहरुले समेत सहयोग गरेका थिए ।

यो पनि हेर्नुहोस्

अघि बढ्दै रोज लामा तेस्रो स्थानमा,अन्तिम पटक भोट गरौँ

मिस नेपाल २०१९ अन्तर्गत ‘मिस ब्युटिफुल हेयर’ को भोटिङमा रोज लामाले लगातार अघि बढ्दै तेस्रो स्थान कायम गरेकी छिन् । सातौँ स्थानबाट पाँचौँ हुँदै अहिले तेस्रो स्थानमा आएकी रोजले मे ८ तारिख अर्थात भोलि मध्यान्ह १२ बजेसम्म कुन स्थान कायम गर्छिन् त्यो भने हामीले उनलाई दिने भोटमा निर्भर रहन्छ । मिस ब्युटिफुल हेयरका लागि अहिले लिभोन लाईफ एप मार्फत भोटिङ भईरहेको छ । बैशाख २४ गते साँझ ५ बजेसम्मको अपडेट अनुसार रोज लामाले १०.९१ प्रतिशत भोट ल्याउँदै तेस्रो स्थान ओगटेकी छिन् ।
काठमाडौँ जोरपाटीकी स्थायी निवासी रोज लामा २० वर्षकी छिन् । उनी ५ फिट ६ ईन्च उचाईकी छिन् । क्यालोफोर्नियामा बस्ने नेपालीहरुमाझ भएको मिस नेपाल क्यालेफोर्निया २०१७ की बिजेता समेत बनिसकेकी रोज लामाले ट्यालेन्ट राउण्डदेखि थप चर्चा पाउन थालेकी हुन् ।
मिस ब्युटीफुल हेयरका लागि यसरी गरौँ भोट

रोज लामालाई मिस नेपालको फाईनलमा पुराउन यसरी गरौँ भोट

मिस नेपाललाई बिप म्यासेञ्जरबाट यसरी गरौँ भोट

मिस नेपालमा नितिका कर्मचार्यको सम्भावना, मिस ग्ल्यामर बनाउन यसरी गर्नुहोस् भोट

मिस नेपाल अन्तर्गत मिस एथलेटमा क–कसले जिते ?

मिस नेपालको ट्यालेन्ट राउण्डमा कसले के गरे ?

को बन्छ Miss Nepal 2019 ? यस्ता छन् Miss Nepal 2019 Top 26 Contestants

मुटुदेखि मुटुसम्म भाग ४ – नयाँ वर्ष ‘जीन्दगीको अन्त्यको यात्रा’

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*