मिस नेपाल २०१९ का बारेमा अहिलेसम्मको सबै जानकारी

२५ बैशाख २०७६, बुधबार ०५:४०
Miss Nepal 2019-Murchunga TV 1

चन्द्र घलान/हेटौँडा, २५ बैशाख । मिस नेपालले अहिले सफलताको २५ औँ वसन्तमा पाईला टेकेको छ । यतिखेर नेपालका विभिन्न भागबाट सहभागी भई छनौट भएका उत्कृष्ट २५ सुन्दरीहरु मिस नेपालको प्रतिस्पर्धामा जुटेका छन् । वि.सं. २०५१ अर्थात सन् १९९४ बाट सुरु भएको यो प्रतियोगिता अहिले पनि जारी छ । सन् २००१ र २००६ मा भने मिस नेपाल प्रतियोगिता आयोजना हुन सकेको थिएन । आज हामीले मिस नेपाल २०१९ का बारेमा अहिलेसम्म भएका सबै गतिविधिहरु यस सामाग्रीमा समावेश गरेका छौँ । सहभागीहरु कसरी छनौट हुन्छन् ? मिस नेपालमा के हुन्छ ? कसरी प्रतिस्पर्धा गराईन्छ र फाईनल कहिले हुन्छ ? यसको जवाफ हामी यो सामाग्रीमा तपाईलाई दिँदैछौँ । कृपया पुरै सामाग्री हेरेर तपाईलाई लागेका कुरा कमेन्ट गर्नुहोला ।

मिस नेपाल २०१९ मा सहभागि हुनका लागि केही नियमहरु समावेश गरिएका थिए । मिस नेपालमा सहभागी हुनका लागि बिहे नभएको र प्राकृतिक रुपमा महिला नै भई जन्मिएका नेपाली नारी हुनुपर्ने पहिलो नियम राखिएको थियो । त्यस्तै कहिले पनि गर्भाधान नभएको, १९ देखि २५ वर्ष उमेरको र न्यूनतम अध्ययन प्लस टु वा सो सरह गरेको हुनुपर्ने थियो । त्यस्तै कम्तिमा पनि ५ फिट ४ ईञ्च हाईट हुनुपर्ने, शरिरमा कुनै ट्याटु नभएको लगायतका नियमहरु समेत राखिएको थियो ।

हिडेन ट्रेजरका चेयरमेन गोपाल लाल कक्षपतिले मिस नेपालको पत्रकार सम्मेलनमा सन् २०१९ मा मिस नेपालका क्षेत्रीय विजेताहरु यस पटक एकै पटक उत्कृष्ट २५ मा पर्ने बताएका थिए । जस अनुसार मिस चितवन २०१७ कि विजेता सुमन गुरुङ, मिस हङकङ नेपाल २०१८ की बिजेता प्रिया गुरुङ, मिस नेपाल ओसिनिया २०१८ की विजेता अनुष्का श्रेष्ठ, मिस पोखरा २०१८ की विजेता सारा बजिमाया, मिस पुर्वाञ्चल २०१८ की विजेता पुजा श्रेष्ठ र मिस वेस्टर्न नेपाल २०१८ की विजेता शिवानी घिमिरे गरी ५ जनालाई स्वत उत्कृष्ट २५ मा लानुपर्ने थियो । तर पत्रकार सम्मेलनमा बताइए जस्तै सबै क्षेत्रीय विजेताहरु मिस नेपाल २०१९ को उत्कृष्ट २५ मा परेनन् । ५ जनामध्ये सुमन गुरुङ र प्रिया गुरुङ किन प्रतियोगिताको उत्कृष्ट २५ मा राखिएन भन्ने बारे स्पष्ट जानकारी छैन ।

पत्रकार सम्मेल पश्चात मार्च १३ देखि १५ सम्ममा धनगढी, नेपालगञ्ज, बुटवल र पोखरामा अडिसन लिइएको थियो भने मार्च १७ देखि १९ सम्म चितवन, धरान, बिरगञ्ज र बिर्तामोडमा अडिसन लिइएको थियो । अन्तिममा काठमाडौँमा मार्च २४ मा फाईनल अडिसन गरिएको थियो । गत मार्च २४ मा काठमाडौँमा भएको अडिसनबाट उत्कृष्ट २६ प्रतियोगीहरु छनौट भएका थिए । तर एक जना प्रतियोगीले भने मिस नेपालको यात्राबाट बिदा लिईन् । २ सयभन्दा बढी आवेदकहरुबाट छनौट हुँदै उनीहरु उत्कृष्ट २६ मा पुगेका हुन् । उनीहरुले मार्च २७ तारिखमा ओरियन्टेसनमा पनि सहभागिता जनाईसकेका छन् । ८ फरक शहरहरुसहित काठमाडौँमा लिइएको अडिसनबाट उनीहरु छनौटमा पर्दै उत्कृष्ट २६ मा परेका हुन् । मिस नेपाल २०१९ मा चितवन, विराटनगर, विर्तामोड, भरतपुर र दमौलीबाट १–१ जना, पोखरा, भैरहवा र ललितपुरबाट २–२ जना, काठमाडौँबाट १२ जना र बाँकी ३ जना मध्ये १ जना अष्ट्रेलिया र २ जना संयुक्त राज्य अमेरिकाबाट आउट स्टेसन प्रतियोगीका रुपमा उत्कृष्ट २६ छनौट गरिएका थिए ।

मिस नेपालको उत्कृष्ट २५ मा काठमाडौँकी निशा पाठक, पोखराकी एलिशा जोशी, काठमाडौँकी सोफिया भुजेल, रिया बस्नेत,अनुष्का श्रेष्ठ, जेन्नी महर्जन, ललितपुरकी अस्मिता महर्जन, काठमाडौँकी किरण थापा, प्रदिप्ता अधिकारी, ललितपुरकी नितिका कर्मचार्य, काठमाडौँकी रोज लामा,पोखराकी सारा बजिमाया, हात्तिवन ललितपुरकी लक्ष्मी राउत, काठमाडौँकी रक्षा उप्रेती, भक्तपुरकी मीरा कक्षपति, मोरङकी जेनिशा थपलिया, झापाकी पुजा श्रेष्ठ, चितवनकी विपना सुवेदी, ललितपुरकी सुभेच्छा अधिकारी, झापाकी प्रकृति कट्वाल, चितवनकी न्यान्सी बोगटी, भैरहवाकी शिवानी घिमिरे, काठमाडौँकी सान्त्वना मालाकार, प्रथा अधिकारी र भैरहवाकी संस्कृति घिमिरे रहेकी छिन् । उत्कृष्ट २६ मा परेकी पुनम पन्तले आफ्नो जागिरका कारण मिस नेपालको यात्रा छोडेपछि उत्कृष्ट २५ प्रतिस्पर्धीहरु मात्रै अहिले विभिन्न तालिमहरुमा सहभागी भईरहेका छन् ।

उत्कृष्ट २५ मा परेकाहरुको फोटोसुट, इन्ट्रोडक्सन भिडियो समेत सार्वजनिक भईसकेको छ । ६ हप्ते तालिमका साथै विभिन्न सामाजिक कार्यहरुमा समेत उनीहरु लागेका थिए । मिस नेपालको फाईनल मे ९ तारिखमा किर्तिपुरस्थित ल्याब्रोटरी हायर सेकेण्डरी स्कूलमा हुँदैछ । मिस नेपालमा यस पटक चर्चित डिजाईनर मनिस राई, नट्राज द बुटिक र उमन्स् प्लानेट बुटिकले ड्रेस डिजाईन गर्दैछन् । मिस नेपालमा यस पटक मिस एथ्लेट, मिस ब्युटीफुल हेयर, मिस बेष्ट नेचुरल स्किन, मिस कन्फिडेन्ट, मिस फेस अफ फ्यासिनो, मिस ग्ल्यामर, मिस ईन्टिलेक्ट, मिस फोटो जेनिक, मिस पपुलर चोईस, मिस ट्यालेन्ट र ब्युउटी विथ अ पर्पस् गरी ११ वटा बिधामा प्रतिस्पर्धा हुँदैछ । मिस नेपाल ब्युटी पेजेन्टमा यस वर्ष मिस वर्ल्ड अर्गकी मेडम जुलिया मोर्ले पनि विशेष अतिथिका रुपमा उपस्थित हुने बताइएको छ । मिस नेपालमा उत्कृष्ट ५ मा परेका प्रत्येकलाई नगद १–१ लाख सहित अन्य विशेष उपहारको समेत व्यवस्था गरिएको छ ।

यो सामाग्री तयार पार्दाको समयमा मिस पपुर च्वाईसका लागि बिप म्यासेञ्जरबाट भोटिङ भईरहेको छ भने मिस ब्युटिफुल हेयरका लागि लिभोन लाईफ एपबाट भोटिङ भईरहेको छ । त्यस्तै मिस ग्ल्यामर र फेस अफ फ्यासिनोका लागि पनि फेसबुक पेजबाट भोटिङ भईरहेको छ । तपाईलाई यो सामाग्री कस्तो लाग्यो ? कृपया सल्लाह सुझाव कमेन्टमा लेख्न नभुल्नुहोला । उत्कृष्ट २५ मध्ये तपाईको विचारमा को बन्न सक्छिन् मिस नेपाल २०१९ ? यसको जवाफ पनि कमेन्टमा लेख्न नभुल्नुहोला ।

यो पनि हेर्नुहोस्

अघि बढ्दै रोज लामा तेस्रो स्थानमा,अन्तिम पटक भोट गरौँमिस ब्युटीफुल हेयरका लागि यसरी गरौँ भोट
रोज लामालाई मिस नेपालको फाईनलमा पुराउन यसरी गरौँ भोट

मिस नेपाललाई बिप म्यासेञ्जरबाट यसरी गरौँ भोट

मिस नेपालमा नितिका कर्मचार्यको सम्भावना, मिस ग्ल्यामर बनाउन यसरी गर्नुहोस् भोट

मिस नेपाल अन्तर्गत मिस एथलेटमा क–कसले जिते ?

मिस नेपालको ट्यालेन्ट राउण्डमा कसले के गरे ?

को बन्छ Miss Nepal 2019 ? यस्ता छन् Miss Nepal 2019 Top 26 Contestants

मुटुदेखि मुटुसम्म भाग ४ – नयाँ वर्ष ‘जीन्दगीको अन्त्यको यात्रा’

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*