तामाङ अन्तराष्ट्रिय चलचित्र महोत्सव किन सर्यो जेठमा ? यस्तो छ कारण

२४ बैशाख २०७६, मंगलवार २२:५०
Tamang Antarastriya Chalachitra-Murchunga TV

मकवानपुर, २४ बैशाख । यही बैशाख २६ र २७ गते गर्ने भनिएको ‘तामाङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ तोकिएको समयमा नहुने भएको छ । महोत्सव आयोजक संस्थाले निकालेको प्रेस विज्ञप्ति अनुसार आउँदो जेठ २९ र ३० गते महोत्सवको आयोजना गरिनेछ ।

तामाङ भ्वाईस र सेलो फाउण्डेसनको संयुक्त आयोजनामा हुने तय भएको महोत्सवको तयारीका लागि समय अभाव भएको भन्दै आयोजक संस्थाले महोत्सव हुने मिति सारिएको दाबी गरेको छ । आन्तरिक तयारीका लागि समय अभाव भएको कारण देखाउँदै आयोजकले यसलाई अझ वृहत रुपमा सम्पन्न गर्न तामाङ समुदायसँग सरोकार राख्ने विभिन्न संघसंस्थाहरुसँग छलफल गर्दै जाँदा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा अन्य संघसंस्थाहरुसँग समेत सहकार्य गर्ने गरी महोत्सवको मिति सारिएको आयोजकले जनाएको छ । हेर्नुहोस् प्रेस विज्ञप्ति–

आयोजकले महोत्सवको नाम समेत परिवर्तन गरेको छ । यस अघि ‘तामाङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०१९’ भनिएकोमा अब ‘तामाङ अन्तर्राष्ट्रिय इण्डिपेन्डेन्ट चलचित्र महोत्सव–२०१९’ नामाकरण गरि राष्ट्रिय सभा गृहको हलमा गरिन लागेको जानकारी आयोजकले प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।
एस.सी.आर.सी. समेत नलेज पार्टनर रहेको महोत्सवमा तामाङ सौन्दर्य, जिवनशैली, ज्ञान र परम्परा झल्किने एवम् तामाङ समुदायसँग प्रत्यक्ष सरोकार राख्ने विषयवस्तु माथि बनेका तामाङ चलचित्र, डकुमेन्ट्री र लघु चलचित्र समेटेर महोत्सव गर्न लागिएको हो ।

यो पनि हेर्नुहोस्

अघि बढ्दै रोज लामा तेस्रो स्थानमा,अन्तिम पटक भोट गरौँमिस ब्युटीफुल हेयरका लागि यसरी गरौँ भोट
रोज लामालाई मिस नेपालको फाईनलमा पुराउन यसरी गरौँ भोट

मिस नेपाललाई बिप म्यासेञ्जरबाट यसरी गरौँ भोट

मिस नेपालमा नितिका कर्मचार्यको सम्भावना, मिस ग्ल्यामर बनाउन यसरी गर्नुहोस् भोट

मिस नेपाल अन्तर्गत मिस एथलेटमा क–कसले जिते ?

मिस नेपालको ट्यालेन्ट राउण्डमा कसले के गरे ?

को बन्छ Miss Nepal 2019 ? यस्ता छन् Miss Nepal 2019 Top 26 Contestants

मुटुदेखि मुटुसम्म भाग ४ – नयाँ वर्ष ‘जीन्दगीको अन्त्यको यात्रा’

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*