मनहरी बजारमा हार्डवेयर पसल अनुगमन, देखियो यस्ता समस्याहरु

२४ बैशाख २०७६, मंगलवार २२:१६

मकवानपुर, २४ बैशाख । पश्चिम मकवानपुरको मनहरी बजारमा सञ्चालन भइरहेका विभिन्न हार्डवेयर पसलहरुको अनुगमन गरिएको छ । मनहरी गाउँपालिका तथा ट्रान्सपरेन्सी इन्टरनेशनलले संयुक्त रुपमा अनुगमन गरेको मनहरीबाट सञ्चारकर्मी जयराम मोक्तानले जानकारी दिए । अनुगमनको क्रममा मनहरीमा सञ्चालित विभिन्न हार्डवेयर पसलहरुमा विभिन्न समस्यहरु देखिएका छन् ।

मोक्तानका अनुसार पसलहरुमा उपभोक्ताहरुले देखिने गरि मुल्य सुचि नराखिएको , म्याद सकिएको सामाग्री रङ तथा अन्य सामाग्री बिक्री वितरण गरेको , सञ्चालित पसल दर्ता नगरिएको तथा एउटै समाग्रीको पसललै पिच्छे फरक फरक मुल्य पाइएको छ । त्यस्तै खरिद मुल्य र ब्रिकी मुल्यको फरक एकदमै कम देखाइएको र सञ्चालनमा रहेका पसलहरु केहि दर्ता भएता पनि अधिकांश पसलहरु दर्ता बिना नै सञ्चालनमा रहेको पाइएको छ । ब्यवसायीहरुले पसल अगाडिको सार्वजानिक जग्गामा बाटोनै छेक्ने गरि जथाभावी रुपमा छड लगायतका निर्माण समाग्री राखिएको पाइएको छ ।

प्राविधिकका अनुसार खुल्ला स्थानमा राखिएको छडमा खिया लागेमा प्रयोगका लागि अयोग्य हुने भनिए तापनि त्यसको बेवास्त गर्दै खिया परेको छडहरुको पनि धमाधम बिक्री गरिरहेको पाइएको छ । सामान्य रुपमा अनुगमनक गर्दा पनि यति धेरै त्रुटि भेटिनु सकरात्मक कुरा नभएको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताए । नियम संगत रुपमा ब्यवसाय सञ्चालन गर्न आफुहरुले ब्यवसायीहरुलाई आग्रह गरिएको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए । अनुगमनमा गाउँपालिका अध्यक्ष उप्रेती सहित, उपाध्यक्ष मनिला विष्ट , इलाका प्रहरी कार्यालय मनहरीका प्रतिनिध लगायतको सहभागिता रहेको थियो । तस्बिर–साँकेतिक

यो पनि हेर्नुहोस्

अघि बढ्दै रोज लामा तेस्रो स्थानमा,अन्तिम पटक भोट गरौँमिस ब्युटीफुल हेयरका लागि यसरी गरौँ भोट
रोज लामालाई मिस नेपालको फाईनलमा पुराउन यसरी गरौँ भोट

मिस नेपाललाई बिप म्यासेञ्जरबाट यसरी गरौँ भोट

मिस नेपालमा नितिका कर्मचार्यको सम्भावना, मिस ग्ल्यामर बनाउन यसरी गर्नुहोस् भोट

मिस नेपाल अन्तर्गत मिस एथलेटमा क–कसले जिते ?

मिस नेपालको ट्यालेन्ट राउण्डमा कसले के गरे ?

को बन्छ Miss Nepal 2019 ? यस्ता छन् Miss Nepal 2019 Top 26 Contestants

मुटुदेखि मुटुसम्म भाग ४ – नयाँ वर्ष ‘जीन्दगीको अन्त्यको यात्रा’

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*