मकवानपुरका गणेश थिङलाई आफ्नै श्रीमतीको हत्या अभियोगमा १० वर्ष कैद

२४ बैशाख २०७६, मंगलवार ०९:३१

मकवानपुर, २४ बैशाख । आफ्नै श्रीमतीलाई हत्या गर्न सक्ने सोच मानिसमा कसरी हाबि हुनसक्छ ? सुन्दा मात्रै पनि पिडा दिने यस्तै घटनाका कारण मकवानपुरका ५२ वर्षीय गणेश थिङलाई १० वर्षको जेल सजाय तोकिएको छ । ‘हेटौँडा सन्देश’ दैनिकमा आज प्रकाशित समाचार अनुसार मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ५ बस्ने थिङलाई उनकै श्रीमती ४७ वर्षीय साहिलीमाया बल थिङको हत्याको अभियोगमा १० वर्ष कैद फैसला गरिएको हो ।

वि.सं. २०७५ साल असार २८ गते राति गणेश उनकै छिमेकीको घरमा भोज खाना गएका थिए । उनकी श्रीमती साहिलीमाया भने घरमा नै सुतिरहेकी थिईन् । भोज खाएर आएका थिङले घरमा सुतिरहेकी आफ्नी श्रीमतीलाई ओछ्यानमै काठको गजबारले हिर्काए । त्यस समयमा गजबारले हिर्काएरै गणेशले हत्या गरेको अदालतले ठहर गरेको हो । श्रीमतीको हत्या गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले उनलाई कैद फैसला गरेको हो । जिल्ला न्यायाधिश खडानन्द तिवारीको इजलासले यो निर्णय गरेको हो ।

यो पनि हेर्नुहोस्

मिस ब्युटीफुल हेयरका लागि यसरी गरौँ भोट

रोज लामालाई मिस नेपालको फाईनलमा पुराउन यसरी गरौँ भोट
काठमाडौँ जोरपाटीकी स्थायी निवासी रोज लामा २० वर्षकी छिन् । उनी ५ फिट ६ ईन्च उचाईकी छिन् । क्यालोफोर्नियामा बस्ने नेपालीहरुमाझ भएको मिस नेपाल क्यालेफोर्निया २०१७ की बिजेता समेत बनिसकेकी रोज लामाले ट्यालेन्ट राउण्डमा पेन्टिङ बनाएकी थिईन् । उक्त पेन्टिङ देखि नै उनलाई मिस नेपालको दाबेदारका रुपमा हेरिएको छ ।

मिस नेपाललाई बिप म्यासेञ्जरबाट यसरी गरौँ भोट

मिस नेपालमा नितिका कर्मचार्यको सम्भावना, मिस ग्ल्यामर बनाउन यसरी गर्नुहोस् भोट

मिस नेपाल अन्तर्गत मिस एथलेटमा क–कसले जिते ?

मिस नेपालको ट्यालेन्ट राउण्डमा कसले के गरे ?

को बन्छ Miss Nepal 2019 ? यस्ता छन् Miss Nepal 2019 Top 26 Contestants

मुटुदेखि मुटुसम्म भाग ४ – नयाँ वर्ष ‘जीन्दगीको अन्त्यको यात्रा’

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*