
रोज लामा तेस्रो नम्बरमा, भोट गर्न अब थोरै समय बाँकी

चन्द्र घलान/मकवानपुर, २४ बैशाख । मिस नेपाल २०१९ अन्तर्गत ‘मिस ब्युटिफुल हेयर’ को भोटिङमा रोज लामाले लगातार सातौँ स्थानबाट अगाडि बढ्दै तेस्रो स्थानसम्मको यात्रा तय गरेकी छिन् । मिस ब्युटिफुल हेयरका लागि अहिले लिभोन लाईफ एप मार्फत भोटिङ भईरहेको छ । बैशाख २४ गते बिहान ८ बजेसम्मको अपडेट अनुसार रोज लामाले ९.१३ प्रतिशत भोट ल्याउँदै तेस्रो स्थान ओगटेकी छिन् ।
काठमाडौँ जोरपाटीकी स्थायी निवासी रोज लामा २० वर्षकी छिन् । उनी ५ फिट ६ ईन्च उचाईकी छिन् । क्यालोफोर्नियामा बस्ने नेपालीहरुमाझ भएको मिस नेपाल क्यालेफोर्निया २०१७ की बिजेता समेत बनिसकेकी रोज लामाले ट्यालेन्ट राउण्डमा पेन्टिङ बनाएकी थिईन् । उक्त पेन्टिङ देखि नै उनलाई मिस नेपालको दाबेदारका रुपमा हेरिएको छ । धेरै जसो युट्युबर तथा समाचार पोर्टलहरुले उनलाई मिस नेपाल वर्ल्र्ड तथा मिस इन्टरनेसनलका रुपमा उनलाई दाबी गरेका छन् । उनले कानुनमा पहिलो पटक पिएचडी गरेकी नेपाली महिला, समाजसेवी एवम् प्रोफेसर डाक्टर शान्त थपलियाको तस्बिरलाई क्यानभासमा उतारेकी थिईन् । उनको पेन्टिङ कलाको अहिले सर्वत्र चर्चा समेत भईरहेको छ । त्यस्तै मिस नेपालमा गोल्ड स्टार मिस एथलेट अन्तर्गत भएको सटपुट प्रतियोगितामा रोजले तृतिय स्थान हासिल गरेकी थिईन् ।
फुर्सदको समयमा अध्ययन गर्न, लेख्न तथा नयाँ नयाँ खोज गर्न मनपर्ने उनले सफल इन्डष्ट्रीयल डिजाईनर र समाजसेवी बन्ने लक्ष्य राखेकी छिन् । कन्स्ट्रक्टिभ टु डी र थ्री डि डिजाईन ड्रईङ गर्न पनि उनलाई मनपर्छ । इन्टीरियर डिजाईनिङ र स्टुडियो आर्ट विषयमा स्नातक गर्दै गरेकी रोज लाईन्स क्लब इन्टरनेसनल एम्बासेडर अफ गुडविल हुन् भने इओपिएसमा पियर एडभाईजरका रुपमा समेत कार्यरत छिन् । मिस नेपालको फाईनलको दौडान मिस पपुलर च्वाईस जितेमा उनी सिधै फाईनलमा पुग्ने छिन् । रोजसहित अन्य प्रतियोगिलाई मिस पपुलर च्वाईसमा भोट गर्ने तरिकाका बारेमा यो भिडियो हेर्नुहोस्–
मिस ब्युटिफुल हेयरमा सबैभन्दा बढी भोट प्राप्त गर्दै काठमाडौँकी प्रदिप्ता अधिकारी अगाडि छिन् । उनले यो सामाग्री तयार पार्दाको समयमा २४.९३ प्रतिशत भोट प्राप्त गरेकी छिन् । उनी मिस एथलेटकी विजेता समेत हुन् । काठमाडौँकी सान्त्वना मालाकार १८.०७ प्रतिशत भोट प्राप्त गर्दै दोस्रो स्थानमा छिन् । त्यस्तै काठमाडौँकी रोज लामा ९.१३ प्रतिशत भोट प्राप्त गर्दै तेस्रो स्थानमा र काठमाडौँकी रिया बस्नेत ८.१९ प्रतिशत भोट प्राप्त गर्दै चौथो नम्बरमा छिन् । काठमाडौँकी अनुष्का श्रेष्ठ ७.८९ प्रतिशत भोट प्राप्त गर्दै पाँचौँ स्थानमा छिन् । काठमाडौँकी निशा पाठक ६.३७ प्रतिशत भोट प्राप्त छैठौँ स्थानमा छिन् भने भैरहवाकी शिवानी घिमिरे ५.२७ प्रतिशत भोट प्राप्त गर्दै सातौँ स्थानमा छिन् । चितवनकी विपना सुवेदी ४.८ प्रतिशत भोट प्राप्त गर्दै आठौँ स्थानमा, काठमाडौँकी सोफिया भुजेल ४.७ प्रतिशत भोट प्राप्त गर्दै नवौँ स्थानमा र काठमाडौँकी रक्षा उप्रेती २.४५ प्रतिशत भोट प्राप्त गर्दै दशौँ स्थानमा छिन् ।
मिस ब्युटिफुल हेयरको भोटिङमा ललितपुरकी अस्मिता महर्जनले १.६८ प्रतिशत, काठमाडौँकी प्रथा अधिकारीले १.१४ प्रतिशत, मोरङकी जेनिशा थपलियाले ०.७९ प्रतिशत, भद्रपुरकी पुजा श्रेष्ठले ०.७२ प्रतिशत र ललितपुरकी नितिका कर्मचार्यले ०.६८ प्रतिशत भोट प्राप्त गरेकी छिन् । त्यस्तै पोखराकी एलिशा जोशीले ०.६७ प्रतिशत, पोखराकी सारा बजिमायाले ०.६६ काठमाडौँकी न्यान्सी बोगटीले ०.३६ प्रतिशत, काठमाडौँकी किरण थापाले ०.३४ प्रतिशत र काठमाडौँकी जेन्नी महर्जनले ०.३३ प्रतिशत भोट प्राप्त गरेकी छिन् । ललितपुरकी सुभेच्छा अधिकारीले ०.३२ प्रतिशत, भैरहवाकी सँस्कृति घिमिरेले ०.१९ प्रतिशत, भक्तपुरकी मिरा कक्षपतिले ०.१६ प्रतिशत र ललितपुरकी लक्ष्मी राउतले ०.१ प्रतिशत भोट प्राप्त गरेकी छिन् । भोटिङ लिष्टको अन्तिममा ०.०५ प्रतिशत भोट प्राप्त गर्दै झापाकी प्रकृति कट्वाल अन्तिम स्थानमा छिन् ।
लिभोनमा प्राप्त भोट र आयोजकको निर्णय अनुसार मिस ब्युटीफुल हेयर छनौट गरिने छ । हामी भोट गर्नेहरुले सुरुमा साईन अप अर्थात लग ईन गर्दा २० भोट दिन पाउने सुविधा दिईन्छ र हरेक दिन लग ईन गर्दा १० भोट दिने सुविधा दिईन्छ । अर्थात तपाईले हरेक दिन १० भोट पाउन सक्नुहुन्छ । तर यदि रिफर गर्दा साथीले पनि एप लग ईन गर्यो भने दुबैले थप २० भोट गर्न सक्नेछन् । भोट गर्नेहरुमध्येबाट एक जनाले मिस नेपालको फाईनल लाईभ शोमा प्रवेश पाउनेछन् । भोटिङ मे ८ तारिखको दिउँसो १२ बजेसम्म खुला रहनेछ । मिस नेपालको २५ औँ सँस्करणको फाईनल मे ९ तारिखमा गरिँदै छ । लिभोन लाईफ एपबाट भोट गर्ने तरिकाका बारेमा यो भिडियो हेर्नुहोस्–
यो पनि हेर्नुहोस्
मिस ब्युटीफुल हेयरका लागि यसरी गरौँ भोट
रोज लामालाई मिस नेपालको फाईनलमा पुराउन यसरी गरौँ भोट
मिस नेपाललाई बिप म्यासेञ्जरबाट यसरी गरौँ भोट
मिस नेपालमा नितिका कर्मचार्यको सम्भावना, मिस ग्ल्यामर बनाउन यसरी गर्नुहोस् भोट
मिस नेपाल अन्तर्गत मिस एथलेटमा क–कसले जिते ?
मिस नेपालको ट्यालेन्ट राउण्डमा कसले के गरे ?
को बन्छ Miss Nepal 2019 ? यस्ता छन् Miss Nepal 2019 Top 26 Contestants
मुटुदेखि मुटुसम्म भाग ४ – नयाँ वर्ष ‘जीन्दगीको अन्त्यको यात्रा’
स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?