
बिरेन्द्र गोलेको नेतृत्वमा कमिटि गठन

मकवानपुर, २३ बैशाख । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा बिरेन्द्र गोलेको नेतृत्वमा १७ सदस्यीय गोले तामाङ बंश उत्थान समाजको इन्द्रसरोबर गाउँपालिका गाउँ इकाई कमिटि गठन भएको छ । गत शनिबार बिरेन्द्र अध्यक्ष रहने गरी नयाँ कार्यसमिति गठन गरिएको सञ्चारकर्मी दिलबहादुर लामाले जानकारी दिए ।
समाजको गाउँ इकाई कमिटीको उपाध्यक्ष मनोजकुमार गोले, सचिव भरत गोले, कोषाध्यक्ष झिल्के गोले र सहसचिवव दिलबहादुर गोले चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सुरेश कुमार गोले, कुमार बहादुर गोले, जितबहादुर गोले, ईश्वर गोले, सानुकान्छा गोले, बुद्ध गोले, रेशम गोले, पूर्ण गोले, श्याम गोले, दिनेश गोले, शुस्मा गोले, सुवाश गोले लगायत चयन भएका छन् ।
गोले तामाङ वंश उत्थान समाजका जिल्ला अध्यक्ष राजकुमार गोलेका अनुसार तामाङ समुदायभित्र गोले थरका वंशहरुलाई एकीकृत गराउने उदेश्यका साथ समाजको स्थापना गरिएको हो । उनका अनुसार संघीय संरचना अनुसार समाजको स्थानीय तहमा समेत कमिटि गठन गर्ने अभियान शुरु गरिएको छ । गोले तामाङ बंश उत्थान समाजका केन्द्रिय सदस्य शुभरत्न गोलेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम बिरेन्द्र गोलेकै अध्यक्षतामा भएको हो । कार्यक्रममा जिल्ला अध्यक्ष राजकुमार गोले, सचिव रोशन गोले, सदस्य कुमार गोले लगायतको उपस्थिति रहेको थियो ।
यो पनि हेर्नुहोस्
मिस ब्युटीफुल हेयरका लागि यसरी गरौँ भोट
रोज लामालाई मिस नेपालको फाईनलमा पुराउन यसरी गरौँ भोट
मिस नेपाललाई बिप म्यासेञ्जरबाट यसरी गरौँ भोट
मिस नेपालमा नितिका कर्मचार्यको सम्भावना, मिस ग्ल्यामर बनाउन यसरी गर्नुहोस् भोट
मिस नेपाल अन्तर्गत मिस एथलेटमा क–कसले जिते ?
मिस नेपालको ट्यालेन्ट राउण्डमा कसले के गरे ?
को बन्छ Miss Nepal 2019 ? यस्ता छन् Miss Nepal 2019 Top 26 Contestants
मुटुदेखि मुटुसम्म भाग ४ – नयाँ वर्ष ‘जीन्दगीको अन्त्यको यात्रा’
स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?