
गायक अशोक तामाङसहित ख्यातिप्राप्त कलाकारहरु फाखेलमा आउँदै

मकवानपुर, २३ बैशाख । चर्चित गायक तथा संगीतकार अशोक तामाङसहितको राष्ट्रिय ख्यातिप्राप्त कलाकार टोलीले मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ फाखेलमा हुने साँस्कृतिक कार्यक्रममा प्रस्तुति दिने भएका छन् । यहि बैशाख २८ गते शनिबार फाखेल चौरमा अवस्थित श्री कालिका माध्यमिक विद्यालयको ५८ वार्षिक अभिभावक भेलाका अवसरमा आयोजना गरिने विविध साँस्कृतिक कार्यक्रममा उनीहरुले प्रस्तुति दिन थालेका हुन् ।

साँस्कृतिक कार्यक्रमको जानकारी
राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा कृषि प्राविधिक कक्षा सञ्चालन, डिजिटल स्मार्ट कक्षा आईसिटि, बाल उद्यान र मन्टेश्वरी विधि सहितको ईसिईडी कक्षाको उद्घाटन समेत गरिनेछ । सो अवसरमा हुने साँस्कृतिक कार्यक्रममा गायक तथा संगीतकार अशोक तामाङ सहित लोक सेलो गायक रविन्द्र लामा, लोक गायक सरोज लामिछाने, लोक गायिका चिजा तामाङ, मोडल स्वरुपा बल, हाँस्य कलाकार विजय बिसी लगायतका राष्ट्रिय ख्यातिप्राप्त गायक, मोडल तथा कलाकारहरुले साँस्कृतिक प्रस्तुति दिनेछन् ।

गायकद्वय अशोक तामाङ र रविन्द्र तामाङ
कार्यक्रममा गायक तथा संगीतकार तामाङले सामाजिक सञ्जाल मार्फत सहभागी हुनका लागि दर्शकहरुलाई आग्रह समेत गरेका छन् । उनले लेखेका छन्–‘ यहि आउँदो शनिबार २८ गते फाखेलचौर मकवानपुरमा श्री कालिका माध्यमिक बिद्यालयको आयोजनामा वार्षिक उत्सव तथा विविध साँस्कृतिक कार्यक्रममा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको साथमा म पनि आउँदै छु, पायक पर्ने सम्पुर्णमा चुले निम्तो छ हजुर, जय गित जय संगीत ।’
यो पनि हेर्नुहोस्
मिस ब्युटीफुल हेयरका लागि यसरी गरौँ भोट
रोज लामालाई मिस नेपालको फाईनलमा पुराउन यसरी गरौँ भोट
मिस नेपाललाई बिप म्यासेञ्जरबाट यसरी गरौँ भोट
मिस नेपालमा नितिका कर्मचार्यको सम्भावना, मिस ग्ल्यामर बनाउन यसरी गर्नुहोस् भोट
मिस नेपाल अन्तर्गत मिस एथलेटमा क–कसले जिते ?
मिस नेपालको ट्यालेन्ट राउण्डमा कसले के गरे ?
को बन्छ Miss Nepal 2019 ? यस्ता छन् Miss Nepal 2019 Top 26 Contestants
मुटुदेखि मुटुसम्म भाग ४ – नयाँ वर्ष ‘जीन्दगीको अन्त्यको यात्रा’
स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?