‘मिस ब्युटिफुल हेयर’ मा प्रदिप्ता र सान्त्वनाको घम्साघम्सी, रोज लामा पाँचौँ स्थानमा

चन्द्र घलान/मकवानपुर, २३ बैशाख । मिस नेपाल २०१९ अन्तर्गत ‘मिस ब्युटिफुल हेयर’ को लागि अहिले लिभोन लाईफ एप मार्फत भोटिङ भईरहेको छ । यस भिडियोमा हामीले मिस ब्युटिफुल हेयरको भोटिङ अपडेट प्रस्तुत गरेका छौँ । यो भिडियोमा हामीले बैशाख २३ गते बिहान ९ बजेसम्मको अपडेट लिएका छौँ । बिहान ९ बजेसम्मको अपडेट अनुसार अहिले काठमाडौँका प्रतियोगीहरुबिच भोटिङमा निकै प्रतिस्पर्धा भईरहेको छ । प्रदिप्ता अधिकारी र सान्त्वना मालाकारको घम्साघम्सी जारी छ भने अनुष्का श्रेष्ठ, रिया बस्नेत र रोज लामा पछिपछि छन् । हेरौँ कसले कति भोट प्राप्त गरे ? को कति औँ स्थानमा छन् ?कृपया पुरा भिडियो हेरेर तपाईको विचार कमेन्टमा लेखिदिनुहोला । हेर्नुहोस् भिडियो सामाग्री–
मिस ब्युटिफुल हेयरमा सबैभन्दा बढी भोट प्राप्त गर्दै काठमाडौँकी प्रतिदप्ता अधिकारी अगाडि छिन् । उनले यो सामाग्री तयार पार्दाको समयमा २६.९६ प्रतिशत भोट प्राप्त गरेकी छिन् । उनी मिस एथलेटकी विजेता समेत हुन् । काठमाडौँकी सान्त्वना मालाकार १७.९७ प्रतिशत भोट प्राप्त गर्दै दोस्रो स्थानमा छिन् । त्यस्तै काठमाडौँकी अनुष्का श्रेष्ठ ८.०८ प्रतिशत भोट प्राप्त गर्दै तेस्रो स्थानमा छिन् । काठमाडौँकी रिया बस्नेत ७.९५ प्रतिशत भोट प्राप्त गर्दै चौथो नम्बरमा छिन् भने काठमाडौँकी रोज लामा ७.३२ प्रतिशत भोट प्राप्त गर्दै पाँचौँ स्थानमा छिन् । त्यस्तै काठमाडौँकी निशा पाठक ६.६३ प्रतिशत भोट प्राप्त छैठौँ स्थानमा छिन् भने भैरहवाकी शिवानी घिमिरे ४.७७ प्रतिशत भोट प्राप्त गर्दै सातौँ स्थानमा छिन् । काठमाडौँकी सोफया भुजेल ४.७३ प्रतिशत भोट प्राप्त गर्दै आठौँ स्थानमा छिन् भने यस अघि हिजोको अपडेटसम्म पहिलो स्थानमा रहेकी चितवनकी बिपना सुवेदी ४.६१ प्रतिशत भोट प्राप्त गर्दै नवौँ स्थानमा र काठमाडौँकी रक्षा उप्रेती २.७९ प्रतिशत भोट प्राप्त गर्दै दशौँ स्थानमा छिन् ।
मिस ब्युटिफुल हेयरको भोटिङमा ललितपुरकी अस्मिता महर्जनले १.६८ प्रतिशत, काठमाडौँकी प्रथा अधिकारीले १.२८ प्रतिशत, मोरङकी जेनिशा थपलियाले ०.८६ प्रतिशत, भद्रपुरकी पुजा श्रेष्ठले ०.७९ प्रतिशत र पोखराकी एलिशा जोशीले ०.६८ प्रतिशत भोट प्राप्त गरेकी छिन् । त्यस्तै ललितपुरकी नितिका कर्मचार्यले ०.६५ प्रतिशत, पोखराकी सारा बजिमायाले ०.६५ प्रतिशत, काठमाडौँकी जेन्नी महर्जनले ०.३४ प्रतिशत, काठमाडौँकी किरण थापाले ०.३२ प्रतिशत, काठमाडौँकी न्यान्सी बोगटीले ०.२७ प्रतिशत भोट प्राप्त गरेकी छिन् । ललितपुरकी सुभेच्छा अधिकारीले ०.२५ प्रतिशत, भैरहवाकी सँस्कृति घिमिरेले ०.१७ प्रतिशत, भक्तपुरकी मिरा कक्षपतिले ०.१५ प्रतिशत र यसअघि हिजोसम्म अन्तिममा रहेकी झापाकी प्रकृति कट्वालले ०.०६ प्रतिशत भोट प्राप्त गरेकी छिन् । ललितपुरकी लक्ष्मी राउत ०.०६ प्रतिशत भोट प्राप्त गर्दै अन्तिम स्थानमा छिन् । यस भिडियोमा समावेश गरिएका भोटिङ अपडेट बैशाख २३ गते बिहान ९ बजेसम्मको डाटा हो, अहिले यसमा फेरबदल समेत भईसकेको हुनसक्छ । तपाई यसको जानकारी एपमा हेर्न सक्नुहुन्छ । भोटिङ मे ८ तारिखको दिउँसो १२ बजेसम्म खुला रहनेछ । हामीले लिभोन लाईफ एपको डाउनलोड लिंक भिडियोको डिस्क्रीप्सनमा राखेका छौँ । लिभोन लाईफ एप तथा मिस पपुलर च्वाईसका लागि भोट गर्ने बिप म्यासेञ्जर एपबाट कसरी भोट गर्ने भन्ने बारेमा हामीले यसअघि नै भिडियो बनाएका छौँ । कृपया सहयोगका लागि ति भिडियोहरु हेरेर भोट गर्न सक्नुहुनेछ ।
आदरणीय दर्शकबिन्द, तपाईलाई यो भिडियो कस्तो लाग्यो ? उत्कृष्ट २५ मध्ये तपाईको विचारमा को बन्न सक्छिन् मिस नेपाल २०१९ ? अनि को बन्न सक्छिन् लिभोन मिस ब्युटिफुल हेयर ? यसको जवाफ पनि कमेन्टमा लेख्न नभुल्नुहोला । साथै यो भिडियोलाई लाईक र शेयर गरिदिनुहोला र अन्य भिडियोका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्न नभुल्नुहोला ।
यो पनि हेर्नुहोस्
मिस ब्युटीफुल हेयरका लागि यसरी गरौँ भोट
रोज लामालाई मिस नेपालको फाईनलमा पुराउन यसरी गरौँ भोट
मिस नेपाललाई बिप म्यासेञ्जरबाट यसरी गरौँ भोट
मिस नेपालमा नितिका कर्मचार्यको सम्भावना, मिस ग्ल्यामर बनाउन यसरी गर्नुहोस् भोट
मिस नेपाल अन्तर्गत मिस एथलेटमा क–कसले जिते ?
मिस नेपालको ट्यालेन्ट राउण्डमा कसले के गरे ?
को बन्छ Miss Nepal 2019 ? यस्ता छन् Miss Nepal 2019 Top 26 Contestants
मुटुदेखि मुटुसम्म भाग ४ – नयाँ वर्ष ‘जीन्दगीको अन्त्यको यात्रा’
स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?