
तामाङ चलचित्र ‘देन्ब माया’ लाई करिब ५ लाख भ्यूज (पुरा चलचित्र)

मकवानपुर, २२ बैशाख । तामाङ भाषाको चलचित्र ‘ देन्ब माया’ अर्थात साँचो प्रेमलाई करिब ५ लाख भ्यूज प्राप्त भएको छ । अङ्ग्रेजी भाषामा समेत सबटाईटल राखी युट्युब मार्फत सार्वजनिक भएको चलचित्रलाई यो सामाग्री तयार पार्दाको समयमा ४ लाख ८४ हजार ९ सय ५६ भन्दा बढी पटक हेरिएको छ । चलचित्रमा २ हजार ७ सय लाईक र ३ सय ७६ डिसलाईकहरु गरिएका छन् । चलचित्रमा ४ सय २५ भन्दा बढी कमेन्टहरु गरिएका छन् ।
हाईलाईट्स नेपालको अफिसियल युट्युब च्यानलमार्फत सन् २०१८ को जनवरीमा सार्वजनिक गरिएको यस चलचित्रलाई ‘तामाङ सुपर स्टार डम्फु मिडिया’ ले निर्माण गरेको हो । चलचित्रलार्य चर्चित नायक अमिर दोङले निर्देशन गरेका हुन् । चलचित्रमा अमिर दोङसँगै तेमाल सिं तामाङ, सिता थिङ, सुस्मा मोक्तान, कुईसाङ रुम्बा, पदम दोङ, नोर्साङ दोङ, दिपेन्द्र लोप्चन मुरली, हुत्त सञ्जय लामा, मेलिना प्रजा, अञ्जुली लोप्चन, सुरधोज मोक्तान, पुजा थिङ, सोनी घिसिङ, संगम थोकर, छ्योईसाङ लामा, दोर्जे लामा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
दिपेन्द्र लोप्चन मुरली र रञ्जिता तामाङ निर्माता रहेको चलचित्रमा कुईसाङ रुम्बा र सिताराम गोले कार्यकारी निर्माता रहेका छन् । राजु तामाङको द्वन्द रहेको चलचित्रको कथा लेखन, पटकथा तथा संवाद ऋतुराज पाख्रिनले लेखेका हुन् । चलचित्रलाई अभिषेक माझी र विक्रम लामाले खिचेका हुन् । दिपक तामाङ र सुआङ दोङको कोरियाग्राफी रहेको चलचित्रलाई विक्रम लामाले सम्पादन गरेका हुन् । चलचित्रमा जोगलाल लामा र विशाल काल्तानको संगीत रहेको छ । चलचित्रका गीतहरुमा चन्द्रकुमार दोङ, विशाल काल्तान, आसुशेन लामा, जोगलाल लामा, बिरेन तामाङ, निर्मला घिसिङ, जितु लोप्चन र अञ्जु थोकरको आवाज सुन्न सकिन्छ । हेरौँ पुरा चलचित्र–
यो पनि हेर्नुहोस्
रोज लामालाई मिस नेपालको फाईनलमा पुराउन यसरी गरौँ भोट
मिस नेपाललाई बिप म्यासेञ्जरबाट यसरी गरौँ भोट
मिस नेपालमा नितिका कर्मचार्यको सम्भावना, मिस ग्ल्यामर बनाउन यसरी गर्नुहोस् भोट
मिस नेपाल अन्तर्गत मिस एथलेटमा क–कसले जिते ?
मिस नेपालको ट्यालेन्ट राउण्डमा कसले के गरे ?
को बन्छ Miss Nepal 2019 ? यस्ता छन् Miss Nepal 2019 Top 26 Contestants
मुटुदेखि मुटुसम्म भाग ४ – नयाँ वर्ष ‘जीन्दगीको अन्त्यको यात्रा’
स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?