तामाङ चलचित्र ‘म्लाङ प्वाँहार’ लाई सर्वाधिक भ्यूज

२२ बैशाख २०७६, आईतवार २०:३७
Tamang Movie Mlang Pwahar-Murchunga TV 2

मकवानपुर, २२ बैशाख । तामाङ भाषाको चलचित्र ‘म्लाङ प्वाँहार’ लाई युट्युबमा सर्वाधिक भ्यूज प्राप्त भएको छ । यो सामाग्री तयार पार्दाको समयमा चलचित्रलाई ३ लाख ३२ हजार ७ सयभन्दा बढी पटक हेरिएको छ । चलचित्र २ हजार १ सय लाईक र ३ सय डिसलाईक गरिएका छन् । त्यस्तै २ सय ६४ वटा कमेन्टहरु गरिएका छन् ।

चर्चित कलाकार तथा तामाङ चलचित्र संघका अध्यक्ष बिकु थोकरलाई ‘म्लाङ प्वाँहार’ अर्थात कालो अरिङ्गालका रुपमा देखाइएको चलचित्रले एक कुख्यात खलनायकको ज्यादतिलाई कथामा उतारेको छ । चलचित्रलाई इन्द्रेणी डिजिटल मिडियाले सन् २०१८ मा युट्युबमार्फत सार्वजनिक गरेको थियो । चलचित्रमा बिकु थोकर, सुनिता लुङ्वा, जंगे लोप्चन, सफल दोङ, संगिता दोङ, सुस्मा मोक्तान र दिपेन्द्र लोप्चन लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

Tamang Movie Mlang Pwahar-Murchunga TV 1

चलचित्रका लानी लाला, नक्कली कान्छी बोलका गीतहरुका साथै टाईटल गीत समेत चर्चामा आएको थियो । चलचित्रमा समावेश गीतका शब्दहरु चर्चित गितकार कुमार स्याङ्बाले लेखेका हुन् । चलचित्रमा विशाल काल्तान र विशाल थिङको संगीत रहेको छ । चलचित्रका गीतहरुमा सन्तोष लामा, विशाल काल्तान, विशाल थिङ, शशिकला मोक्तान, जितु लोप्चन र याङसाङ थिङको आवाज समावेश छ । ऋतुराज पाख्रिनको कथा रहेको चलचित्रलाई अभिषेक माझीले खिचेका हुन् । चलचित्रमा अजय स्याङ्तानको कोरियोग्राफी र शंकर महर्जनको निर्देशन तथा द्वन्द निर्देशन रहेको छ । चलचित्रलाई कवितामाया लामा, दिपेन्द्र लोप्चन र पदम दोङले निर्माण गरेका हुन् । चलचित्रलाई छवि राना मगर र रञ्जित राना मगरले सम्पादन गरेका हुन् । हेरौँ चलचित्र–

यो पनि हेर्नुहोस्

रोज लामालाई मिस नेपालको फाईनलमा पुराउन यसरी गरौँ भोट

मिस नेपाललाई बिप म्यासेञ्जरबाट यसरी गरौँ भोट

मिस नेपालमा नितिका कर्मचार्यको सम्भावना, मिस ग्ल्यामर बनाउन यसरी गर्नुहोस् भोट

मिस नेपाल अन्तर्गत मिस एथलेटमा क–कसले जिते ?

मिस नेपालको ट्यालेन्ट राउण्डमा कसले के गरे ?

को बन्छ Miss Nepal 2019 ? यस्ता छन् Miss Nepal 2019 Top 26 Contestants

मुटुदेखि मुटुसम्म भाग ४ – नयाँ वर्ष ‘जीन्दगीको अन्त्यको यात्रा’

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*