मातातिर्थ औँशीमा आमा भेट्न गएकी निर्मलाको गयो ज्यान

२१ बैशाख २०७६, शनिबार २२:१४

मकवानपुर, २१ बैशाख । मातातिर्थ औँशीका दिन आमाको मुख हेर्न माईतीतर्फ जाँदै गरेकी हेटौँडाकी २५ वर्षीय निर्मला राईको ज्यान गएको छ । पश्चिम मकवानपुरको मनहरी ९ स्थित खराङ्गा जैसिङमा ३ वटा ट्रक एक आपासमा ठोकिँदा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ३ की निर्मलाको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यू भएको मनहरीबाट सञ्चारकर्मी जयराम मोक्तानले जानकारी दिएका छन् । मृतक राई मनहरी ६ प्रतापपुरमा मातातिर्थ औँशीको अवसरमा माइतीमा आमालाई भेटघाट गर्न आइरहेको बताइएको छ ।

दुर्घटनामा परी अन्य १२ जना घाईते भएका छन् । हेटौँडाबाट मनहरी तर्फ गईरहेको ना ६ ख ३३७४ नम्बरको ट्रक र मनहरीबाट हेटौँडातर्फ आईरहेको ना ४ ख ११९२ तथा ना ६ ख ९९०७ नम्बरको ट्रक एकआपसका ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटना पश्चात घाइते भएकाहरुलाई प्रहरीको सहयोगमा पुरानो मेडिकल कलेज भरतपुर उपचारको लागि पठाइएको थियो । घाईते मध्य राईको ज्यान गएको हो ।

Truck Accident Manahari-Murchunga TV 1

दुर्घटनामा परि घाईते हुनेहरुमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ३ का ३६ वर्षिया कृष्णमाया राई, सोही स्थान बस्ने ५३ बर्षीय दिलमाया राई, २० वर्षिय शिला राई, मनहरी वडा नम्बर ६ का २६ वर्षिया कमला तामाङ, बर्ष २८ की धनमाया राई, बर्ष ५ का सुनिल राई, हेटौँडा उपमहानगरपालिका ८ कमानेका १६ बर्षकी पुजा मुक्तान, धादिङ बस्ने बर्ष २० का सन्तोष बिडारी, कपिलबस्तु शिवराज नगरपालिका १ का १७ वर्षिय दिपक सुनार रहेका छन् । मनहरी ६ लोथरका इरान लामा भने सामान्य उपचार पछि घर फर्केका छन ।

ना ६ ख ३३७४ नम्बरका ट्रक चालक रौतहट जिल्ला बस्ने बर्ष २७ को उमेश भुजेल र ना ६ ख ९७०७ नम्बरको ट्रक चालक दाङ बस्ने बर्ष ३५ का सरोज चौधरी पनि घाइते भएका छन् । ना ४ ख १९९२ नम्बरको ट्रक चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

तस्बिरहरु–जयराम मोक्तान

यो पनि हेर्नुहोस्

रोज लामालाई मिस नेपालको फाईनलमा पुराउन यसरी गरौँ भोट

मिस नेपाललाई बिप म्यासेञ्जरबाट यसरी गरौँ भोट

मिस नेपालमा नितिका कर्मचार्यको सम्भावना, मिस ग्ल्यामर बनाउन यसरी गर्नुहोस् भोट

मिस नेपाल अन्तर्गत मिस एथलेटमा क–कसले जिते ?

मिस नेपालको ट्यालेन्ट राउण्डमा कसले के गरे ?

को बन्छ Miss Nepal 2019 ? यस्ता छन् Miss Nepal 2019 Top 26 Contestants

मुटुदेखि मुटुसम्म भाग ४ – नयाँ वर्ष ‘जीन्दगीको अन्त्यको यात्रा’

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*