मिस नेपाललाई बिप म्यासेञ्जरबाट यसरी गरौँ भोट

२१ बैशाख २०७६, शनिबार २०:५४
Featured Video Play Icon

चन्द्र घलान/मकवानपुर, २१ बैशाख । मिस नेपालको २५ औँ सँस्करणको फाईनल मे ९ तारिखमा गरिँदै छ । मिस नेपालको फाईनल नजिकिएसँगै अहिले मिस नेपालका उत्कृष्ट २५ जना प्रतियोगीहरु विभिन्न विधाका लागि प्रतिस्पर्धामा छन् । उत्कृष्ट २५ मा परेकाहरुले मिस एथलेट, फेस अफ फ्यासिनो, मिस ग्ल्यामर लगायतका उपाधिमा प्रतिस्पर्धा गरिरहेका छन् । यसैबिच मिस नेपालको फाईनलमा पुराउन सक्ने अर्को प्रतिस्पर्धा ‘मिस पपुलर च्वाईस’ का लागि अहिले बिप म्यासेञ्जरबाट भोटिङ भईरहेको छ । मिस पपुलर च्वाईस जितेमा प्रतिस्पर्धीहरुमध्ये एक जना सिधै फाईनलमा पुग्ने छन् । यस भिडियोमा मिस पपलुर च्वाईस बनाउन कसरी भोट गर्ने भन्ने बारेमा चर्चा गरिएको छ । कृपया पुरा भिडियो हेरेर तपाईको विचार लेखिदिनु होला ।

मिस पपलुर च्वाईसमा भोट गर्नका लागि सर्वप्रथम मोबाईलमा बिप म्यासेन्जर डाउनलोड गर्नुपर्छ । त्यसका लागि गुगल प्ले स्टोर वा अन्य एपस्टोरहरुबाट बिप म्यासेञ्जर डाउनलोड गर्न सकिन्छ । तपाईको गुगल प्ले स्टोरमा गएर बिप म्यासेञ्जर टाईप गरेर सर्च गर्नुहोस् । र त्यसलाई इन्स्टल गर्नुहोस् । म्यासेञ्जर इन्स्टल गरिसकेपछि तपाईले ओपनमा क्लिक गर्नुहोस् र गेट बिप ईन मा क्लिक गर्नुहोस् । त्यसपछि प्राईभेसी पोलिसी आउँछ र त्यसमा कन्टिन्यूमा क्लिक गर्नुहोस् । त्यसपछि अलोमा क्लिक गर्नुहोस् र आफ्नो मोबाईल नम्बर हालेर आईडी खोल्नुहोस् । भिडियोमा देखाएजस्तै गरी तपाईको नम्बर हालेपछि नम्बर कन्फर्मेसन म्यासेज आउँछ र त्यसमा दिइएको ‘यस’ अप्सनमा क्लिक गर्नुहोस् । त्यसपछि भेसिफिकेसन कोडको लागि एकैछिन् पर्खनुहोस् । तपाईको मोबाईलमा भेरिफिकेसन कोड आउने बित्तिकै भिडियोमा देखाइएजस्तै गरी आफै त्यो कोड कपि हुन्छ र कोड हाल्ने ठाउँमा देखिन्छ । त्यसपचि ‘अलो’ मा क्लिक गर्नुहोस् । त्यसपश्चात तपाईले आफ्नो नाम लेख्नुहोस् । तपाई प्रोफाईल फोटो हाल्न चाहानुहुन्छ भने त्यो पनि हाल्नुहोस्, यहाँ हामीले प्रोफाईल फोटो हालेका छैनौँ । त्यसपछि ‘डन’ मा थिच्नुहोस् र डिस्कभर अप्सनमा जानुहोस् । यसरी डिस्कभरमा क्लिक गरिसकेपछि सबैभन्दा माथि भोट फर मिस पपुलर च्वाईस भन्ने मिस नेपालको लोगो सहितको फोटा ब्यानर देखापर्छ । त्यस ब्यानरमा क्लिक गर्नुहोस् र ओपन उईथ बिप मा क्लिक गर्नुहोस । हेर्नुहोस् पुरा तरिका भिडियोमा–

त्यसपछि मिस नेपाल २०१९ भन्ने लिंक खुल्छ र त्यसमा तपाईले निशा पाठकदेखि क्रमश २५ जनाको फोटो सहितको भोटिङ लिंक देख्न सक्नुहुन्छ । उक्त भोटिङ लिंकमा गएर भोट भन्ने अप्सनमा थिच्नुभयो भने तपाईले भोट गरेको काउन्ट हुन्छ । यसमा उनीहरुको बायोग्राफी समेत दिइएको छ । हामीले थाहा पाए अनुसार तपाईले एक जना वा सबैलाई भोट गर्न सक्नहुन्छ । त्यसो गर्दा तपाईको भोट प्राप्त भएको म्यासेज पनि आउँछ । त्यस्तै एकै जनालाई पनि एकपटक भन्दा बढी भोट गर्न पाईन्छ । यसरी तपाईले आफुलाई मनपरेको प्रतियोगीको फोटोसँगै तल दिएको भोट भन्ने अप्सनमा भोट गर्न सक्नहुनेछ ।
बिप म्यासेन्जरमा गरिएको भोटको आधारमा उनीहरुमध्येबाट एक जना मिस पपलुर च्वाईस २०१९ बन्न सक्छन् र सिधै फाईनलको यात्रा तय गर्नसक्छन् । त्यसैले तपाईलाई मनपर्ने प्रतियोगीलाई जतिसक्दो भोट गर्नुहोस् । बिप म्यासेन्जरको डाउनलोड लिंक भिडियोको डिस्क्रीप्सनमा पनि राखिएको छ ।

मिस नेपालको उत्कृष्ट २५ मा काठमाडौँकी निशा पाठक, पोखराकी एलिशा जोशी, काठमाडौँकी सोफिया भुजेल, रिया बस्नेत,अनुष्का श्रेष्ठ, जेन्नी महर्जन, ललितपुरकी अस्मिता महर्जन, काठमाडौँकी किरण थापा, प्रदिप्ता अधिकारी, ललितपुरकी नितिका कर्मचार्य, काठमाडौँकी रोज लामा,पोखराकी सारा बजिमाया, हात्तिवन ललितपुरकी लक्ष्मी राउत, काठमाडौँकी रक्षा उप्रेती, भक्तपुरकी मीरा कक्षपति, मोरङकी जेनिशा थपलिया, झापाकी पुजा श्रेष्ठ, चितवनकी विपना सुवेदी, ललितपुरकी सुभेच्छा अधिकारी, झापाकी प्रकृति कट्वाल, चितवनकी न्यान्सी बोगटी, भैरहवाकी शिवानी घिमिरे, काठमाडौँकी सान्त्वना मालाकार, प्रथा अधिकारी र भैरहवाकी संस्कृति घिमिरे रहेकी छिन् ।

आदरणीय दर्शकबिन्द, तपाईलाई यो भिडियो कस्तो लाग्यो ? उत्कृष्ट २५ मध्ये तपाईको विचारमा को बन्न सक्छिन् मिस नेपाल २०१९ ? यसको जवाफ पनि कमेन्टमा लेख्न नभुल्नुहोला । साथै यो भिडियोलाई लाईक र शेयर गरिदिनुहोला र अन्य भिडियोका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्न नभुल्नुहोला ।

यो पनि हेर्नुहोस्

रोज लामालाई मिस नेपालको फाईनलमा पुराउन यसरी गरौँ भोट

मिस नेपालमा नितिका कर्मचार्यको सम्भावना, मिस ग्ल्यामर बनाउन यसरी गर्नुहोस् भोट

मिस नेपाल अन्तर्गत मिस एथलेटमा क–कसले जिते ?

मिस नेपालको ट्यालेन्ट राउण्डमा कसले के गरे ?

को बन्छ Miss Nepal 2019 ? यस्ता छन् Miss Nepal 2019 Top 26 Contestants

मुटुदेखि मुटुसम्म भाग ४ – नयाँ वर्ष ‘जीन्दगीको अन्त्यको यात्रा’

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*