आमाको माया सम्झाउने ५ सुपरहिट गीतहरु

२१ बैशाख २०७६, शनिबार ०८:५६
Mothers Day Songs Aama Song-Murchunga TV

चन्द्र घलान/मकवानपुर, २१ बैशाख । जीवनभर दुःख भएता पनि जस्तोसुकै परिस्थितिमा पनि आफ्नो सन्तानको लागि निःश्वार्थ प्रेम देखाउन सक्ने आमालाई नसम्झने सन्तान यो संसारमा कमै होलान् । आमाको जस्तो निःश्वार्थ प्रेम, स्नेह र आफ्नोपन संसारमा भएका अन्य नाता,सम्बन्ध र आफन्तबाट प्राप्त गर्न लगभग असम्भव नै छ । यो दुःखको कुरा हो कि त्यस्ती महान आमालाई सम्झन हामी केबल मदर्स डे र आमाको मुख हेर्ने औँशी लगायतका नाममा एक दिन छुट्याउँछौँ । यही एकदिन हामी आँशु बगाउँछौँ । आमालाई मिठा खानेकुरा दिन्छौँ, आमालाई भेट्न जान्छौँ । हुन त सधैँ काममा भुल्नेहरुका निम्ति आमालाई सम्झने यो एउटा मौका हो, सामाजिक सञ्जालमै भएता पनि आमाप्रति प्रेम देखाउने एउटा माध्यम हो आमालाई सम्झने दिन । तर विडम्वना हामी त्यतिमा मात्र सिमित छौँ । एक वर्षमा एक दिन सम्झेर बाँकी ३ सय ६४ दिन हामी आमालाई भुसुक्कै बिर्सन्छौँ । आमालाई सम्झाउने बलियो हतियार आमाको स्नेह र आमाप्रति हाम्रो जिम्मेवारी नै हो तर कहिलेकाँही गीतसँगीतले पनि हामीलाई आमाको न्यानो मायाको आभाष दिलाउँछ । आमासम्म पुग्न मदत गर्छ । यो सामाग्रीमा मैले त्यस्ता ५ नेपाली तथा हिन्दी गीतको चर्चा गरेको छु जसले आमाको स्नेहलाई सम्झाउँछ, आमाप्रतिको हाम्रो जिम्मेवारीको बोध गराउँछ । आउनुस् त्यस गीतहरुबारे चर्चा गरौँ ।

Neha Kakkar-Murchunga TV

तु कित्नी अच्छी है

यो बहुचर्चित गीतलाई नसुन्ने मानिस सायद कमै होला । यसको ओरिजिनल भर्सन नभएता पनि थुप्रै नेपाली तथा हिन्दी गायक–गायिकाहरुले बनाएका कभर भर्सनमा पनि यसको मिठास महशुस गर्न सकिन्छ । यस गीतलाई केही समयअघि चर्चित गायिका नेहा कक्करले कभर बनाएसँगै यो गीतको बारेमा अहिलेका पुस्तालाई समेत थाहा भयो । लता मंगेश्करको ओरिजिनल आवाजमा समावेश यस गीतलाई सन् १९६८ मा सार्वजनिक गरिएको ‘राजा और रंक’ नामक चलचित्रमा समावेश गरिएको थियो । लक्ष्मीकान्त प्यारेलालको संगीत रहेको गीतलाई आनन्द बक्षीले लेखेका थिए । चलचित्रमा सञ्जीव कुमार, निरुपा रोय र महेश कोठारेको मुख्य अभिनय रहेको थियो । चलचित्रलाई कोटाया प्रत्यागत्माले निर्देशन गरेका हुन् । यस गीतलाई बलिउड क्लासिकले सन् २०१३ मा युट्युबमा सार्वजनिक गरेको थियो । यो सामाग्री तयार पार्दाको समयमा यस गीतलाई २६ लाख ७८ पटकभन्दा बढी पटक हेरिएको छ । गीतमा ८६ हजार लाईक र १२ हजार डिसलाईकहरु गरिएका छन् । गीतमा ७ हजार ५ सयभन्दाब बढी कमेन्टहरु गरिएका छन् ।

साथै गायिका नेहा कक्करले तयार पारेको यस गीतको कभर भर्सनलाई यो सामाग्री तयार पार्दाको समयमा ३ करोड ५८ लाख ३ हजारभन्दा बढी पटक हेरिएको छ । गीतमा ५ लाख ५८ हजार लाईक र २० हजार डिसलाईकहरु गरिएका छन् । त्यस्तै ३९ हजार ६ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् । गीतलाई सन् २०१६ मा सार्वजनिक गरिएको हो । यस गीतलाई मकवानपुरकी नव गायिका अनु गौतमले पनि सन् २०१९ मा कभर गरेकी छिन् । हेरौँ ओरिजिनल गीत–

हेरौँ नेहा कक्करको कभर भर्सन–

हेरौँ अनु गौतमको कभर भर्सन–

तिनै हुन् तिनै मेरी आमा

नेपाली कथानक चलचित्र ‘मुग्लान’ को यो गीत आमाको स्नेह सम्झाउने अर्को बहुचर्चित गीत हो । मुग्लानमा पैसा कमाउन गएका नेपालीहरु विदेशी जेलमा मर्ने वा बाँच्ने अवस्थामा पुगेपछि जेलबाट छुटेका एक जना साथीलाई आफ्नी आमाको बारेमा वर्णन गर्दै गरेको दृश्यसहितको सचित्र वर्णन यस गीतमा पाईन्छ । गायक यम बरालको आवाजमा रहेको यस गीतका लेखक तथा संगीतकार सुरेश अधिकारी हुन् ।

Dilip Rayamajhi-Murchunga TV

चलचित्रमा दिलिप रायमाझी, रमित ढुङ्गाना, बिपना थापा, झरना थापा, शुशिल क्षेत्री लगायतका कलाकारहरुको अभिनय रहेको छ । गीतलाई सन् २०१४ मा बुढासुब्बा डिजिटलले युट्युब मार्फत सार्वजनिक गरेको थियो । यो सामाग्री तयार पार्दाको समयमा यस गीतलाई ३ लाख ६० हजारभन्दा बढी पटक हेरिएको छ । गीतमा ४ हजार ४ सय लाईक र करिब ३ सय कमेन्टहरु गरिएका छन् । हेरौँ चलचित्रको भिडियो–

मेरी आमा

बहुचर्चित गीत ‘मर्ने कसैलाई रहर हुँदैन’, नाई नभन्नु ल जस्ता गीतमा आवाज दिएका बाल गायक प्रेम परियारको अर्को चर्चित गीत हो ‘मेरी आमा’ । प्रेमको वास्तविक जीवनसँग मेल खाने विभिन्न शब्द तथा दृश्य समावेश गरिएको यो गीतमा उनको जीवनको कथा र आमाको महिमालाई प्रस्तुत गरिएको छ । गीतको शब्द शंकर बिसीले लेखेका हुन् । करण न्यौपानेको सँगीत रहेको गीतको म्यूजिक भिडियोमा रोजवे रेग्मी र लक्ष्मी गिरीले अभिनय गरेका छन् ।
शंकर बिसीको निर्देशन तथा राजेश घिमिरेको छायाँकनमा तयार भएको भिडियोलाई सुजन शाहीले सम्पादन गरेका हुन् । गीत ‘मेरी आमा’ एल्बममा समावेश छ । गीतलाई सन् २०१५ मा विन्दाबासिनी म्युजिकले युट्युबमा सार्वजनिक गरेको हो । यो गीतको म्युजिक भिडियोलाई यो सामाग्री तयार पार्दाको समयमा ८ लाख ४४ हजार ३ सय भन्दा बढी पटक हेरिएको छ । गीतमा ६ हजार ४ सय लाईक तथा करिब ४ सय कमेन्टहरु गरिएका छन् । हेरौँ गीतको म्युजिक भिडियो–

हे आमा

नेपाली चलचित्र ‘ठुलदाई’ मा समावेश यो गीतले आमाको महिमाको चर्चा गर्छ । आमाबिना संसार देख्न नपाउने तथ्यलाई यो गीतमा समावेश गरिएको छ । आमाको प्रसव पिडा र निश्वार्थ प्रेमलाई पनि यस गीतका शब्दहरुमा समावेश गरिएको छ । रामकृष्ण बजागाईको यस चलचित्रमा समावेश हे आमा गीतमा दुई छोराहरुले आमालाई फकाउँदै गरेको दृश्य समावेश छ । यस गीतमा राजेश पायल राई लगायतको आवाज छ । यस चलचित्रका गीतहरुमा शम्भुजित बास्कोटा, राजेश पायल राई, युवराज गुरुङ, आदित्य नारायण झा, देविका प्रधान, कविता कृष्णमुर्ति, दिपा झा लगायतको आवाज रहेको छ । गीतका शब्दहरु दयाराम दाहाल र शम्भुजित बास्कोटाले लेखेका छन् । गीतमा शम्भुजित बास्कोटाको संगीत छ ।

यो सामाग्री तयार पार्दाको समयमा यस गीतलाई १७ हजारभन्दा बढी पटक हेरिएको छ । यस चलचित्रमा शिव श्रेष्ठ, जल शाह, निरुता सिंह, सुनिल थापा, नरेन्द्र थापा, लक्ष्मी गिरी लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रलाई दयाराम दाहालले निर्देशन गरेका हुन् । चलचित्रमा सुनिता बजगाईको कथा छ । हेरौँ म्युजिक भिडियो–

मेरी आमा : यश कुमार

चर्चित गायक तथा नायक यश कुमारको यो गीत ‘नरुने आँखाहरु’ एल्बममा समावेश भएको बहुचर्चित गीत हो । अडियो भर्सनमा मात्र सार्वजनिक भएको यो गीतलाई धौलागिरी क्यासेटले सन् २०१९ मा मात्र एनिमेसन भर्सनमा युट्युब मार्फत सार्वजनिक गरेको छ । आमाको दुःख, आमालाई बुवा र आफुले पनि एक्लै छाडेको भन्दै छोराले गरेको बिलौनामा आधारित यो गीतलाई यश कुमारले नै संगीत दिएका हुन् । उनकै आवाज र शब्द यो गीतमा छ । हेरौँ गीतको म्यूजिक भिडियो–

यो पनि हेर्नुहोस्

रोज लामालाई मिस नेपालको फाईनलमा पुराउन यसरी गरौँ भोट

मिस नेपालमा नितिका कर्मचार्यको सम्भावना, मिस ग्ल्यामर बनाउन यसरी गर्नुहोस् भोट

मिस नेपाल अन्तर्गत मिस एथलेटमा क–कसले जिते ?

मिस नेपालको ट्यालेन्ट राउण्डमा कसले के गरे ?

को बन्छ Miss Nepal 2019 ? यस्ता छन् Miss Nepal 2019 Top 26 Contestants

मुटुदेखि मुटुसम्म भाग ४ – नयाँ वर्ष ‘जीन्दगीको अन्त्यको यात्रा’

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*