आमाको सम्झनामा अनु गौतमको गीत सार्वजनिक (भिडियो)

२१ बैशाख २०७६, शनिबार ०६:२५
Anu Gautam-Murchunga TV 1

मकवानपुर, २१ बैशाख । नव गायिका अनु गौतमले आमालाई सम्झँदै विशेष गीतको कभर भिडियो सार्वजनिक गरेकी छिन् । बलिउडका चर्चित गायिका लता मंगेश्करको आवाजमा सजिएको ‘तु कित्नी अच्छी है’ बोलको गीतको कभर भर्सन उनले सार्वजनिक गरेकी हुन् । एन.एम.आई. प्रोडक्सनले तयार पारेको कभर भर्सनमा अनुको आवाजलाई सुहाउने गरी सुमन तामाङले म्युजिक एरेञ्ज गरेका छन् । गीतलाई हेटौँडा ५ सानोपोखरामा अवस्थित न्याटिभ स्टुडियोमा रेकर्ड गरिएको हो ।

लामो समयदेखि गीतसँगीतका क्षेत्रमा संघर्षरत अनुले यस अघि पनि आफ्ना पहिलो गीतको एल्बम सार्वजनिक गरेकी थिईन् । अडियो भर्सन मात्र सार्वजनिक भएको उनको गीतको म्युजिक भिडियो भने बन्न बाँकी छ । अनु ठोरीमा जन्मघर भई मकवानपुरलाई कर्मथलो बनाएकी नव गायिका हुन् । हेरौँ उनको म्युजिक भिडियो–

यो बहुचर्चित गीतलाई यसअघि पनि थुप्रै हिन्दी तथा नेपाली गायक गायिकाहरुले कभर बनाईसकेका छन् । केही समयअघि चर्चित गायिका नेहा कक्करले समेत यसको कभर बनाएकी थिईन् । लता मंगेश्करको ओरिजिनल आवाजमा समावेश यस गीतलाई सन् १९६८ मा सार्वजनिक गरिएको ‘राजा और रंक’ नामक चलचित्रमा समावेश गरिएको थियो । लक्ष्मीकान्त प्यारेलालको संगीत रहेको गीतलाई आनन्द बक्षीले लेखेका थिए । चलचित्रमा सञ्जीव कुमार, निरुपा रोय र महेश कोठारेको मुख्य अभिनय रहेको थियो । चलचित्रलाई कोटाया प्रत्यागत्माले निर्देशन गरेका हुन् ।

यो पनि हेर्नुहोस्

रोज लामालाई मिस नेपालको फाईनलमा पुराउन यसरी गरौँ भोट

मिस नेपालमा नितिका कर्मचार्यको सम्भावना, मिस ग्ल्यामर बनाउन यसरी गर्नुहोस् भोट

मिस नेपाल अन्तर्गत मिस एथलेटमा क–कसले जिते ?

मिस नेपालको ट्यालेन्ट राउण्डमा कसले के गरे ?

को बन्छ Miss Nepal 2019 ? यस्ता छन् Miss Nepal 2019 Top 26 Contestants

मुटुदेखि मुटुसम्म भाग ४ – नयाँ वर्ष ‘जीन्दगीको अन्त्यको यात्रा’

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*