
गायक मिलन लामाको उदाहरणीय काम, गाउँ बनाए उज्यालो

मकवानपुर, २० बैशाख । चर्चित लोकदोहोरी गायक मिलन लामाले आफ्नै गाउँमा सडक बत्ती जडान गरेर उदाहरणीय काम गरेका छन् । लोक दोहोरी गीतसँगीतका क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउन सफल लामाले आफ्नो जन्मभूमि चितवन जिल्लाको रत्ननगर नगरपालिका वडा नम्बर ९ मोहनामा आफ्नै खर्चले ६ वटा स्ट्रीट लाईट जडान गरेका हुन् ।
गाउँको सडकमा उज्यालो हुनेगरी उनले नगद २५ हजार खर्च गरेर सडक बत्ती जडान गरेका हुन् । जग्गा बेचेको थोरै पैसा गाउँको लागि लगानी गरेको भन्दै उनले सामाजिक सञ्जाल फेसबुक मार्फत भिडियो सन्देश समेत छाडेका छन् । सामन्य भोज भतेरमा खर्च हुने रकमले समाजको परिवर्तन हुनसक्ने उनले भिडियो सन्देशमा भनेका छन् । ‘२५ हजारले त गाउँ उज्यालो हुँदोरहेछ, अब सोच्नुस् ५० हजारले कति होला ? एक लाखले कति होला ? उनले भने ।
यसअघि समेत टोपी अभियान लगायतका सहयोग कार्यक्रम सञ्चालन गरेर चर्चामा आएका गायक मिलन लामाका विभिन्न गीतहरु चर्चामा छन् । उनी लोकदोहोरीमा नेपालको मौलिकपन र प्राकृतिक सुन्दरतालाई उतार्न खप्पिस पनि छन् । उनका लालुपाते फुल छैन, गलकोटे साँईलो, घरमा पराल बारीमा बोन्सो, दाङ घोराही, हङकङ आईडीले, मेड ईन नेपाल लगायतका बहुचर्चित गीतहरु बजारमा आएका छन् ।
यो पनि हेर्नुहोस्
रोज लामालाई मिस नेपालको फाईनलमा पुराउन यसरी गरौँ भोट
मिस नेपालमा नितिका कर्मचार्यको सम्भावना, मिस ग्ल्यामर बनाउन यसरी गर्नुहोस् भोट
मिस नेपाल अन्तर्गत मिस एथलेटमा क–कसले जिते ?
मिस नेपालको ट्यालेन्ट राउण्डमा कसले के गरे ?
को बन्छ Miss Nepal 2019 ? यस्ता छन् Miss Nepal 2019 Top 26 Contestants
मुटुदेखि मुटुसम्म भाग ४ – नयाँ वर्ष ‘जीन्दगीको अन्त्यको यात्रा’
स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो