
नेपाल आईडलका मिनराज र कृशलको नयाँ गीत यस्तो बन्यो

मकवानपुर, २० बैशाख । नेपाल आईडल सिजन २ मा भाग लिएर राम्रो जोडी बनेका मिनराज पौडेल र कृशल कडेँलले एकसाथ एउटै गीतमा आवाज दिएका छन् । नेपाल आईडलको दोस्रो सिरिजमा गोल्डेन माईक बिजेता भएता पनि घाँटीमा आएको समस्याका कारण मिनराज शोबाट बाहिँरिदा कृशल निकै रोएका थिए । तर उनीहरु दुबैले आफ्नो मित्रतालाई पूनः एउटै गीतमार्फत देखाउने मौका पाएका छन् । उनीहरु दुबैको युगल गीतको म्यूजिक भिडियो समेत युट्युबमार्फत सार्वजनिक गरिएको छ । गीतमा मिनराज र कृशलसँगै चर्चित मोडल करिष्मा ढकालले अभिनय गरेका छन् । ‘बरिलै’ बोलको उक्त गीतको म्युजिक भिडियो गीतकार नृपेश उप्रेतीको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
गीतमा नृपेशकै संगीत रहेको छ । गीत गजल लेखनमा सक्रिय गीतकार नृपेशले आफैले संगीत भरेको यो पहिलो गीत हो । लोक फ्युजन शैलीमा निर्मित गीतमा गायक तथा संगीतकार पुरुषोत्तम सुवेदीले संगीत संयोजन गरेका छन् । किशोर थापाको मिक्सिङ र मास्टरिङ रहेको गीतका रेकर्डिष्ट राजेश श्रेष्ठ हुन् । गीतलाई ए वन म्युजिसियनमा रेकर्ड गरिएको हो । गीतमा सञ्जीव बराईलीले गीतार, सञ्जीव मैनालीले बाँसुरी र पोषण घर्ती मगरले मादल बजाएका छन् ।
म्युजिक भिडियोलाई यो सामाग्री तयार पार्दाको समयमा १ लाख ५७ हजार भन्दा बढी पटक हेरिएको छ । गीतमा १४ हजार लाईक गरिएका छन् भने करिब १ हजार कमेन्टहरु गरिएका छन् । म्युजिक भिडियोलाई प्रविण थापाले निर्देशन गरेका हुन् । नमराज घिमिरेको छायाँकन रहेको म्युजिक भिडियोलाई शक्ति प्रज्वल घिमिरेले सम्पादन तथा कलर गरेका हुन् । बिमला तामाङले कलाकारहरुलाई सिँगार्न मेहनत गरेकी छिन् । हेरौँ मिनराज र कृशलको गीतको म्युजिक भिडियो–
यो पनि हेर्नुहोस्
रोज लामालाई मिस नेपालको फाईनलमा पुराउन यसरी गरौँ भोट
मिस नेपालमा नितिका कर्मचार्यको सम्भावना, मिस ग्ल्यामर बनाउन यसरी गर्नुहोस् भोट
मिस नेपाल अन्तर्गत मिस एथलेटमा क–कसले जिते ?
मिस नेपालको ट्यालेन्ट राउण्डमा कसले के गरे ?
को बन्छ Miss Nepal 2019 ? यस्ता छन् Miss Nepal 2019 Top 26 Contestants
मुटुदेखि मुटुसम्म भाग ४ – नयाँ वर्ष ‘जीन्दगीको अन्त्यको यात्रा’
स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो