‘बाबु कान्छा’ युट्युब ट्रेण्डिङमा,हेर्नुहोस् पुरा चलचित्र

२० बैशाख २०७६, शुक्रबार ०६:३५
Nepali Movie Babu Kanchha-Murchunga TV 1

मकवानपुर, २० बैशाख । केही दिन अघि मात्र सार्वजनिक गरिएको नेपाली कथानक चलचित्र ‘बाबु कान्छा’ युट्युब ट्रेण्डिङमा परेको छ । सलोन सलिना फिल्मस् ब्यानरमा निर्मित चलचित्रमा सलोन बस्नेत, करिष्मा श्रेष्ठ, रितिक शाही, सरोज खनाल, निर शाह, सम्राट सापकोटा, राजाराम पौडेल, लय सग्रौँला, मञ्जु पौडेल, सुशान्त कुमार श्रेष्ठ लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । चलचित्र मार्फत ज्योत्सना महर्जन र अस्लिन ज्ञवालीले पनि डेब्यु गरेका छन् ।

यो सामाग्री तयार पार्दाको समयमा चलचित्रलाई १० लाख ८० हजार ७ सयभन्दा बढी पटक हेरिएको छ । चलचित्रमा २० हजार लाईक र १ हजार ३ सय डिसलाईकहरु गरिएका छन् । त्यस्तै १ हजार ५ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् । चलचित्रलाई बुढासुब्बा डिजिटलले युट्युब मार्फत सार्वजनिक गरेको हो । चलचित्रका गीतहरुमा सुशिल पंगेनी र सुन्दर श्रेष्ठको शब्द रहेको छ । टंक बुढाथोकीको संगीतमा गीतहरु तयार भएका छन् । बिराज गुरुङको निर्माणमा तयार भएको चलचित्रमा सन्तोष राज भण्डारी र सुरज घिमिरे सह–निर्माता रहेका छन् । त्यस्तै रवि अधिकारीले कार्यकारी निर्माण सम्हालेका छन् ।

बाबु श्रेष्ठको छायाँकन रहेको चलचित्रका लेखक, निर्देशक तथा निर्माता शोभित बस्नेत हुन् । मुख्य सहायक निर्देशकका रुपमा गणेश बर्तौला र आरजे प्रणवले काम गरेका छन् । चलचित्रलाई गौतम राज खड्काले सम्पादन गरेका हुन् । अष्ट महर्जनको द्वन्द समावेश चलचित्रमा शोभित बस्नेत, रामजी लामिछाने र दिपेन्द्र तिमिल्सीनाको कोरियोग्राफी रहेको छ । हेर्नुहोस् पुरा चलचित्र–

यो पनि हेर्नुहोस्

रोज लामालाई मिस नेपालको फाईनलमा पुराउन यसरी गरौँ भोट

मिस नेपालमा नितिका कर्मचार्यको सम्भावना, मिस ग्ल्यामर बनाउन यसरी गर्नुहोस् भोट

मिस नेपाल अन्तर्गत मिस एथलेटमा क–कसले जिते ?

मिस नेपालको ट्यालेन्ट राउण्डमा कसले के गरे ?

को बन्छ Miss Nepal 2019 ? यस्ता छन् Miss Nepal 2019 Top 26 Contestants

मुटुदेखि मुटुसम्म भाग ४ – नयाँ वर्ष ‘जीन्दगीको अन्त्यको यात्रा’

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*