‘साईली’ को ‘नाच माया’ सार्वजनिक

२० बैशाख २०७६, शुक्रबार ०५:५४
Nacha Maya Saili Song-Murchunga TV

मकवानपुर, २० बैशाख । नेपाली कथानक चलचित्र ‘साईली’ को ‘नाच माया’ बोलको गीत युट्युब मार्फत सार्वजनिक गरिएको छ । हेमन्त रानाको आवाज तथा सुशान्त गौतमको संगीतमा तयार भएको गीतलाई ओ.एस.आर. डिजिटलको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । गीतका शब्दहरु हर्क साउदले लेखेका हुन् । गीतमा चलचित्रका मुख्य कलाकारहरुलाई फिचरिङ गरिएको छ ।

गीतमा विक्रम स्वारले नृत्य निर्देशन गरेको गीतलाई निमेष श्रेष्ठ र किरण चाम्लिङ राईले सम्पादन गरेका छन् । रवि न्यौपानेको छायाँकन रहेको गीतमा फोटोग्राफी डाईरेक्टर शैलेन्द्र डि कार्की रहेको चलचित्रलाई रामबाबु गुरुङले लेखन र दिर्नेशन गरेका छन् । चलचित्रमा गौरव पहारी, मेनुका प्रधान, दयाहाङ राई, केनिपा सिंह, माओत्से गुरुङ, प्रकाश घिमिरे, पुष्कर गुरुङ, लोकेन्द्र लेखक, किरण चाम्लिङ राई, सुष्मा निरौला, इष्टु कार्की, सरोज अर्याल र अरुणा कार्की लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रका गीतहरुमा कालीप्रसाद बास्कोटा र सुशान्त गौतमका संगीतहरु सुन्न सकिन्छ । त्यस्तै कालीप्रसाद, सुशान्त र हेमन्तको आवाजमा नै गीतहरु तयार पारिएका छन् । रोहित शाक्यको ब्याकग्राउण्ड स्कोर रहेको चलचित्रको पोष्टर डिजाईन आनन्द के महर्जनले गरेका हुन् । चलचित्र सम्पादन निमेष श्रेष्ठले गरेका हुन् । सम्राट थापा र मधुसुदन कार्कीको कला संयोजन रहेको चलचित्रमा उत्तम न्यौपानेले साउण्ड मिक्सिङ इन्जीनियरका रुपमा काम गरेका छन् । यो सामाग्री तयार पार्दाको समयमा यस गीतलाई २६ हजार ६ सयभन्दा बढी पटक हेरिएको छ । गीतमा करिब १ हजार ४ सयभन्दा बढी लाईकहरु गरिएका छन् । हेरौँ म्युजिक भिडियो–

यो पनि हेर्नुहोस्

रोज लामालाई मिस नेपालको फाईनलमा पुराउन यसरी गरौँ भोट

मिस नेपालमा नितिका कर्मचार्यको सम्भावना, मिस ग्ल्यामर बनाउन यसरी गर्नुहोस् भोट

मिस नेपाल अन्तर्गत मिस एथलेटमा क–कसले जिते ?

मिस नेपालको ट्यालेन्ट राउण्डमा कसले के गरे ?

को बन्छ Miss Nepal 2019 ? यस्ता छन् Miss Nepal 2019 Top 26 Contestants

मुटुदेखि मुटुसम्म भाग ४ – नयाँ वर्ष ‘जीन्दगीको अन्त्यको यात्रा’

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*