हेटौँडाको सुमो काउन्टरबाटै पक्राउ परे सञ्जय

१९ बैशाख २०७६, बिहीबार १३:२२
Nitrovate Pakrau-Murchunga TV

मकवानपुर, १९ बैशाख । मकवानपुरको हेटौँडामा रहेको सुमो काउन्टरबाट लागुऔषधसहित एक युवक पक्राउ परेका छन् । त्यस्तै लागुऔषधकै केसमा एक जना भारतीय नागरिक पनि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको सूचनाका अनुसार बैशाख १९ गते बिहान करिब साढे ९ बजे हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ मा रहेको सुमो काउन्टरबाट ललितपुर जिल्लाको ललितपुर महानगरपालिका वडा नम्बर ८ बस्ने बर्ष ३७ को संजय महर्जनलाई लागु औषध डाईजेपाम ३० एम्पुल, नोर्फिन ३० एम्पुल र फेनार्गन ३० एम्पुलसहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको बिशेष टोलीले सुमो काउन्टरमा शंकास्पद रुपमा हिंडिरहेका महर्जनलाई शंकाको आधारमा उनको शरिर खानतलासी गर्दा उनको साथबाट उक्त लागुऔँषधहरु फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको र उनीमाथि आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । उनले अपराध गरेको ठहर भएमा लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम २ वर्ष देखि १० वर्ष सम्म कैद र १ लाखदेखि २० लाखसम्म जरिवाना पर्नसक्ने प्रहरीले जनाएको छ ।

Indian Pakrau-Murchunga TV

त्यस्तै बिहीबार राति नै लागू औषध गाँजा ३१ किलो र सुमोसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीले भारतको बिहार मुजफ्फरपुर सदातपुर ८ बस्ने वर्ष २६ को राजकुमार यादवलाई गाँजा सहित नियन्त्रणमा लिएको हो । उनी सवार बिआर २९७५६५ नम्बरको सुमो पनि नियन्त्रणमा लिइएको छ । उनलाई हेटौँडा १५ रातोमाटे स्थित सडक खण्डबाट नियन्त्रणमा लिइएको हो ।

बिहीबार राति करिब २ बजेको समयमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरिक्षक अरुण कुमार कुशवाहको कमाण्डमा खटिएको गस्ती टोलीले रातोमाटेमा शंकास्पद रुपमा पार्किङ गरेर सुमो रोकेर राखेको देखेपछि सुमोको जाँच गरिएको थियो । यादव सवार रहेको उक्त सुमोको पछाडीको नम्बर प्लेट राख्ने भागमा फल्स बटम बनाई ४ वटा पोकामा लुकाएर राखेको जम्मा ३१ किलो लागु औषध गाँजा फेला परेको थियो । उनीमाथि थप अनुसन्धान भइरहेको छ । उनले अपराध गरेको ठहरेमा लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम २ वर्ष देखि १० वर्ष सम्म कैद र १५ हजार देखि १ लाख सम्म जरिवाना र सुमो समेत जफत हुने प्रहरीले जनाएको छ ।

यो पनि हेर्नुहोस्

मिस नेपालमा नितिका कर्मचार्यको सम्भावना, मिस ग्ल्यामर बनाउन यसरी गर्नुहोस् भोट

मिस नेपाल अन्तर्गत मिस एथलेटमा क–कसले जिते ?

मिस नेपालको ट्यालेन्ट राउण्डमा कसले के गरे ?

को बन्छ Miss Nepal 2019 ? यस्ता छन् Miss Nepal 2019 Top 26 Contestants

मुटुदेखि मुटुसम्म भाग ४ – नयाँ वर्ष ‘जीन्दगीको अन्त्यको यात्रा’

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*