मोटरसाईकल चोरेको आरोपमा हेटौँडाका विकास थिङ पक्राउ

१९ बैशाख २०७६, बिहीबार १२:५७
Moter Bike Chori-Murchunga TV

मकवानपुर, १९ बैशाख । चोरी भएको मोटरसाईकल सहित मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १४ बस्ने २४ वर्षीय विकास थिङलाई पक्राउ गरिएको छ । मकवानपुर प्रहरीले उनलाई ग ११ प ४९४७ नम्बरको क्रस फायर मोटर साईकल चोरेको आरोपमा पक्राउ गरेको हो ।

प्रहरीको प्रेस विज्ञप्ति अनुसार वि.सं. २०७६ बैशाख १७ गते साँझ करिब ५ बजेर ५० मिनेट गएको समयमा मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ८ घर भई हाल हेटौँडा ५ बस्ने प्रविण बर्तौलाको क्रस फायर मोटरसाईकल हराएको थियो । बजार मुल्य करिब ६ लाख १० रुपैयाँ पर्ने उक्त ग ११ प ४९४७ नम्बर क्रस फायर मोटर साईकल हेटौँडा १५ मा पार्किङ गरी राखेको अवस्थामा चोरी भएको भन्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सूचना प्राप्त भएको थियो । सूचना प्राप्त भएपश्चात कार्यालयको निर्देशनमा मातहत कार्यालय समेतको टोली परिचालन गरी खोजतलास गर्दा विकासलाई उक्त मोटरसाईकल सहित हेटौँडा १४ सुगौलीबाट नियन्त्रणमा लिइएको थियो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको बिशेष टोलीले बैशाख १८ गते साँझ साढे ७ बजेको समयमा उनलाई नियन्त्रणमा लिई कार्यालयमा ल्याएपश्चात अनुसन्धान थालिएको छ ।

उनको अपराध प्रमाणित भएमा मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २० को चोरी तथा डाँका सम्बन्धि कसुरमा ३ बर्ष सम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना समेत पर्ने बताइएको छ ।

यो पनि हेर्नुहोस्

मिस नेपालमा नितिका कर्मचार्यको सम्भावना, मिस ग्ल्यामर बनाउन यसरी गर्नुहोस् भोट

मिस नेपाल अन्तर्गत मिस एथलेटमा क–कसले जिते ?

मिस नेपालको ट्यालेन्ट राउण्डमा कसले के गरे ?

को बन्छ Miss Nepal 2019 ? यस्ता छन् Miss Nepal 2019 Top 26 Contestants

मुटुदेखि मुटुसम्म भाग ४ – नयाँ वर्ष ‘जीन्दगीको अन्त्यको यात्रा’

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*