युट्युब ट्रेण्डिङमा हिन्दी र नेपाली गीतको टक्कर

१८ बैशाख २०७६, बुधबार २२:४४
Sochma Song The Cartoonz Crew-Murchunga TV 1

मकवानपुर, १८ बैशाख । नेपाली युट्युब सर्भरमा आजभोलि हिन्दी गीत र नेपाली गीतहरुको घम्साघम्सी नै पर्छ । कहिले हिन्दी गीतको म्यूजिक भिडियोले नेपाली म्यूजिक भिडियोलाई पछार्छ त कहिले नेपाली गीतले हिन्दी गितलाई निकै तल झारिदिन्छ । यो सामाग्री तयार पार्दाको समयमा पनि नेपाली युट्युब सर्भरमा एक नेपाली र अर्को हिन्दी गीतको म्यूजिक भिडियोको निकै नै घम्साघम्सी भईरहेको छ । ती गीतहरु हुन्– सञ्जीव पराजुलीको ‘सोचमा’ र हिन्दी चलचित्र स्टुडेन्ट अफ दि इयर २’ को गीत हुकअप ।

दर्शक धेरै भएका कारण हिन्दी गीत हुकअपको भ्युज धेरै हुने नै भयो तर पनि थोरै माझ परिचित नेपाली भाषाको गीत ‘सोचमा’ ले हिन्दी गीत ‘हुकअप’ लाई ५ कदम पछाडि छाडेको छ । यो सामाग्री तयार पार्दाको समयमा ‘सोचमा’ युट्युब ट्रेण्डिङको पाँचौँ नम्बरमा र हिन्दी गीत ‘हुक अप’ दशौँ नम्बरमा छ । हुकअपले हिन्दी गीत भईकन पनि नेपाली युट्युब सर्भरमा कब्जा जमाउनु आफैमा सानो कुरा चाहिँ होईन । यसबाट नेपालमा हिन्दी गीतका श्रोता कति छन् भन्ने पनि थाहा पाईन्छ । सञ्जीव पराजुलीको आवाजमा सजिएको ‘सोचमा’ गीतलाई कमल खत्रीले शब्द दिएका छन् भने कम्पोज पनि उनैले गरेका छन् । रिकेश गुरुङको एरेञ्ज रहेको गीतमा प्रकाश मिश्रले मास्टरिङ गरेका छन् ।

गीतको म्युजिक भिडियोमा कार्टुन्ज क्रियुलाई फिचरिङ गरिएको छ । गीतमा कार्टुन्ज क्रियुका सरोज अधिकारीको परिकल्पना र निर्देशन रहेको छ । ज्ञानेन्द्र शर्मा हुमागाईको छायाँकन रहेको म्युजिक भिडियोमा लाक्पा डि लामाको सम्पादन र सह–निर्देशन रहेको छ । विकास ज्ञवालीको रंग समायोजन रहेको चलिचित्रमा अस्मिता राईले कलाकारहरुलाई सजाएका छन् । गीतको म्युजिक भिडियोलाई यो सामाग्री तयार पार्दाको समयमा ३ लाख ६२ हजार ८ सयभन्दा बढी पटक हेरिएको छ । गीतमा १६ हजार लाईक र ६ सयजति डिसलाईक गरिएका छन् । सञ्जीवकै अफिसियल युट्युब च्यानलबाट अपलोड भएको गीतको म्यूजिक भिडियोमा करिब ४ सय कमेन्टहरु गरिएका छन् ।

त्यस्तै ‘स्टुडेन्ट अफ दि इयर २’ आफैमा एक बहुप्रतिक्षित चलचित्र हो । त्यसकारण पनि यसको गीतको चर्चा धेरै छ । यस चलचित्रको प्रस्तुत गीत हुकअप पनि चर्चामा छ । यो सामाग्री तयार पार्दाको समयमा यस गीतलाई २ करोड ६६ लाख १ हजारभन्दा बढी पटक हेरिएको छ । गीतमा ३ लाख ६१ हजार लाईक र ५५ हजार डिसलाईक गरिएका छन् । गीतमा २४ हजार ६ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् । जी म्यूजिक कम्पनीले बजारमा ल्याएको गीतमा नेहा कक्कर र शेखर राभ्जीअनीको आवाज समावेश छ । गीतलाई विशाल र शेखरले कम्पोज गरेका हुन् । कुमारको शब्द रहेको गीतलाई अभिजित नालानीले निर्माण गरेका हुन् । गीतमा वारेन मेन्डोन्साले गितार सम्हालेका छन् । गीतमा नायक टाईगर श्राफ र आलिया भटलाई फिचरिङ गरिएको छ ।

हेर्नुहोस् सञ्जीवको ‘सोचमा’
हेर्नुहोस् ‘ स्टुडेन्ट अफ दि इयर २’ को हुकअप

यो पनि हेर्नुहोस्

मिस नेपालमा नितिका कर्मचार्यको सम्भावना, मिस ग्ल्यामर बनाउन यसरी गर्नुहोस् भोट

मिस नेपाल अन्तर्गत मिस एथलेटमा क–कसले जिते ?

मिस नेपालको ट्यालेन्ट राउण्डमा कसले के गरे ?

को बन्छ Miss Nepal 2019 ? यस्ता छन् Miss Nepal 2019 Top 26 Contestants

मुटुदेखि मुटुसम्म भाग ४ – नयाँ वर्ष ‘जीन्दगीको अन्त्यको यात्रा’

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*