टोटल धमाल र इन्स्पेक्टर विजय युट्युब ट्रेण्डिङमा

म्कवानपुर, १८ बैशाख । दुई हिन्दी चलचित्र नेपाली युट्युब च्यानलमा ट्रेण्डिङमा परेका छन् । हिन्दी चलचित्र इन्स्पेक्टर विजय र टोटल धमाल युट्युब ट्रेण्डिङमा परेका हुन् । यद्यपि नेपाली युट्युब सर्भरमा हिन्दी चलचित्र ट्रेण्डिङमा परेको पहिलो पटक भने होईन । कहिलेकाँही युट्युमा ५ वटाभन्दा बढी हिन्दी भिडियो नै ट्रेण्डिङमा पर्ने गरेका छन् । तर केही समयदेखि भने नेपाली भिडियोले पनि उल्लेख्य रुपमा हिन्दी भिडियोलाई नै उछिन्ने समेत गरेको छ ।
यो समाचार तयार पार्दाको समयमा हिन्दी डब्ड ‘इन्स्पेक्टर भिजय (कवचम)’ युट्युब ट्रेण्डिङको पहिलो नम्बरमा रहेको छ । यस भिडियोलाई ३ करोड २७ लाख ५ हजारभन्दा बढी पटक हेरिएको छ । त्यस्तै ३ लाख ८० हजारभन्दा बढीले लाईक र ३३ हजारले डिसलाईक गरेका छन् । आरके दुगल स्टुडियोजबाट सार्वजनिक गरिएको यस चलचित्रमा १६ हजार ६ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् । चलचित्रमा एक पुलिस अफिसरको कथा समावेश छ । चलचित्रलाई श्रीनिवास मामिलाले निर्देशन गरेका हुन् । रिवाज दुगलको निर्माणमा बनेको चलचित्रलाई एस थमनले संगीतबद्ध गरेका छन् । चलचित्रमा बेल्लमकोण्डा श्रीनिवास, काजल अग्रवाल, निल नितिन मुकेश, मेहरिन पिरजडा र मुकेश ऋषि तथा पोषणी कृष्ण मुरारीको अभिनय रहेको छ ।
त्यस्तै टोटल धमाललाई नाम परिवर्तन गरी अपलोड गरिएको छ । अजय देवगनको चलचित्र भनेर अपलोड गरिएको यस चलचित्रलाई आर जी इन्टरटेन्मेन्टले सार्वजनिक गरेको हो । चलचित्रलाई यो सामाग्री तयार पार्दाको समयमा ७६ लाख ५७ हजारभन्दा बढी पटक हेरिएको छ । चलचित्रमा ७१ हजार लाईक र करिब साढे ६ हजार डिसलाईक गरिएका छन् । चलचित्रमा २ हजार २ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् । चलचित्रमा इन्द्रकुमारको कथा र निर्देशन रहेको छ । चलचित्रमा अजय देवगन सहित माधुरी दिक्षित, अर्षद वार्सी, जावेद जाफ्रे, अनिल कपुर, रितेश देशमुख, सञ्जय मिश्र र जोनी लिभरको अभिनय रहेको छ । चलचित्र कमेडी जेनरको रहेको छ ।
हेर्नुहोस् चलचित्र इन्स्पेक्टर विजय
हेर्नुहोस् चलचित्र टोटल धमाल
यो पनि हेर्नुहोस्
मिस नेपालमा नितिका कर्मचार्यको सम्भावना, मिस ग्ल्यामर बनाउन यसरी गर्नुहोस् भोट
मिस नेपाल अन्तर्गत मिस एथलेटमा क–कसले जिते ?
मिस नेपालको ट्यालेन्ट राउण्डमा कसले के गरे ?
को बन्छ Miss Nepal 2019 ? यस्ता छन् Miss Nepal 2019 Top 26 Contestants
मुटुदेखि मुटुसम्म भाग ४ – नयाँ वर्ष ‘जीन्दगीको अन्त्यको यात्रा’
स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो