रौतहटका २ युवक मकवानपुरमा पक्राउ

१८ बैशाख २०७६, बुधबार १९:०७
Gaja Baramad-Murchunga TV

मकवानपुर, १८ बैशाख । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ८ बस्ने २७ वर्षीय कर्णबहादुर हमाल र साविक पिप्रा भगवानपुर गाविस १ चन्द्रपुर नगरपालिका ८ बस्ने बर्ष २६ को गौरी शंकर यादवलाई मकवानपुर प्रहरीले गाँजा सहित नियन्त्रणमा लिएको छ । उनीहरुको साथबाट लागु औषध गाँजा ७१ किलो फेला परेका कारण उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट नगद ३० हजार र ना ५ ख ८१६४ नम्बरको ट्रक समेत नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

बुधबार राति करिब १ बजेको समयमा ३ नम्बर प्रदेश प्रहरी कार्यालयबाट प्राप्त बिशेष सुचनाको आधारमा ३ नम्बर प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरिक्षक पवन कुमार झा समेतको कमाण्डमा खटिएको संयुक्त टोलीले हेटौँडा उपमहानगरपालिका वडा नम्बर ३ लेवट स्थित सडक खण्डमा जाँचको क्रममा उनीहरुलाई नियन्त्रणमा लिइएको हो । मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको ना. ५ ख ८१६४ नम्बरको हरियो सेतो रंगको मालवाहक ट्रकलाई रोकी जाँच गर्दा सो ट्रकमा चालक कर्णबहादुर हमाल र गाँजा धनी गौरीशंकर यादव आउँदै थिए । उक्त ट्रकको अगाडीको केविनको सिटमुनी सेतो प्लास्टिकले बेरी निलो डोरीले बाँधिएको अवस्थामा ५ वटा पोकामा जम्मा ७१ किलो लागु औषध गाँजा फेला परेको थियो । त्यस्तै गाँजा धनी गौरीशंकरको साथबाट नगद रु.३० हजार फेला परेपछि उक्त गाँजा, उनीहरु दुबै, नगद र ट्रकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनीहरुले अपराध गरेको प्रमाणित भएमा लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम २ वर्ष देखि १० वर्ष सम्म कैद र १५ हजार देखि १ लाख सम्म जरिवाना हुनसक्ने बताइएको छ । साथै ट्रक र नगद समेत जफत हुनसक्ने प्रहरीले जानकारी दिएको छ ।

यो पनि हेर्नुहोस्

मिस नेपालमा नितिका कर्मचार्यको सम्भावना, मिस ग्ल्यामर बनाउन यसरी गर्नुहोस् भोट

मिस नेपाल अन्तर्गत मिस एथलेटमा क–कसले जिते ?

मिस नेपालको ट्यालेन्ट राउण्डमा कसले के गरे ?

को बन्छ Miss Nepal 2019 ? यस्ता छन् Miss Nepal 2019 Top 26 Contestants

मुटुदेखि मुटुसम्म भाग ४ – नयाँ वर्ष ‘जीन्दगीको अन्त्यको यात्रा’

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*