नेपालकै सबैभन्दा अग्लो राष्ट्रिय झण्डा

१८ बैशाख २०७६, बुधबार १८:४८
Featured Video Play Icon

हेटौँडा, १८ बैशाख । मकवानपुरको हेटौँडामा गएको फागुनमा सम्पन्न ‘राष्ट्रिय औद्योगिक व्यापारमा मेला’ मा सम्भवतः नेपालकै सबैभन्दा अग्लो राष्ट्रिय झण्डा बनाएर फहराइएको थियो । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको क्याम्पाडाँडा चौरमा भएको मेलामा ५१ फिट अग्लो राष्ट्रिय झण्डा फहराइएको हो । त्यो झण्डा कस्तो थियो त ? हेरौँ भिडियो–

मेलाका अवसरमा आयोजित ‘जिपिएक्स हेटौँडा आईडल’ मा रुपक कालिराज विजयी भएका थिए भने मकवानपुरका दुई सञ्चारकर्मी भुवन घलान र पारु महराले समेत चर्चा बटुलेका थिए । दुई सञ्चाकर्मीमध्ये भुवन घलान फाईनल सम्म नै पुग्न सफल भएका थिए । प्रतियोगितामा गायक संगीतकार शिखर सन्तोष, किशोर डंगोल र विजय कार्की निर्णायक थिए । मेलामा उत्कृष्ट प्रतिष्पर्धीले स्टेज पर्फोमेन्ससँगै हरेक दिन चर्चित कलाकारहरुले प्रस्तुति दिएका थिए । मेला स्थलसम्म पुग्नका लागि निःशुल्क बस सेवा र निःशुल्क स्वास्थ्य सेवाको समेत व्यवस्था गरिएको थियो । मेलामा जम्मा ४ सय ४० वटा स्टलहरु रहेका थिए भने हेलिकोप्टरबाट हेटौंडा बजारलगायत प्राचीन स्थलको अवलोकन गर्न मिल्ने समेत व्यवस्था गरिएको थियो । उक्त मेलामा स्टन्ट देखाएकै कारण पाईलटको लाईसेन्स समेत धरापमा परेको थियो ।

यो पनि हेर्नुहोस्

मिस नेपालमा नितिका कर्मचार्यको सम्भावना, मिस ग्ल्यामर बनाउन यसरी गर्नुहोस् भोट

मिस नेपाल अन्तर्गत मिस एथलेटमा क–कसले जिते ?

मिस नेपालको ट्यालेन्ट राउण्डमा कसले के गरे ?

को बन्छ Miss Nepal 2019 ? यस्ता छन् Miss Nepal 2019 Top 26 Contestants

मुटुदेखि मुटुसम्म भाग ४ – नयाँ वर्ष ‘जीन्दगीको अन्त्यको यात्रा’

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*