सावित्री सुवेदीद्वारा प्रहरी माथि यस्तो आरोप

१८ बैशाख २०७६, बुधबार ०९:४०
Featured Video Play Icon

हेटौँडा, १८ बैशाख । पेटिकोट आन्दोलन गरेर एकाएक चर्चामा आएकी सामाजिक अभियान्ता सावित्री सुवेदीको चर्चा र आलोचना उत्तिकै छ । उनले बलात्कार गर्नेलाई फाँसी दिनुपर्छ भन्दै पेटिकोट आन्दोलन मात्रै गरेनन् आफैलाई कुरुप देखाउने गरी कपाल मुण्डन समेत गरिन् । उनै सावित्री सुवेदीले निर्मला पन्तको बलात्कार पछिको हत्याका विषयमा बोलेर चर्चा र आलोचना दुबै खेपिन् । उनको कडा भाषणले कहिलेकाँही उनलाई नै अप्ठ्यारोमा पारेको छ । केही समय अघि मकवानपुरको हेटौँडामा आयोजित एउटा कार्यक्रममा समेत उनले प्रहरीमाथि ठूलो आरोप लगाए । नेता देखि पत्रकारसम्मलाई उनले भाषणबाटै गोली ठोकेको जसो गरिन् । उनले भनेका कतिपय कुराहरु आज समाजमा प्रत्यक्ष भईरहेको पनि उनको दाबी छ । हेरौँ उनको यो भिडियो–

जय नारीको नारा बोकेर नारीको न्यायका लागि लड्दै आएकी मानवअधिकारकर्मी सुवेदीले आफू ३५ वर्षमा विवाह नगरी आमा बन्ने समेत बताएकी छिन् । सुवेदीले पुरूषको शुक्रकिट भाडामा लिएर बच्चा जन्माउने बताउँछिन् । तपाईलाई यो भिडियो कस्तो लाग्यो ? के सावित्री सुवेदीले भनेका कुराहरु सहि वा गलत जस्तो लाग्छ ? तपाईले सभ्य भाषामा कमेन्ट गर्नसक्नुहुनेछ ।

यो पनि हेर्नुहोस्

मिस नेपालमा नितिका कर्मचार्यको सम्भावना, मिस ग्ल्यामर बनाउन यसरी गर्नुहोस् भोट

मिस नेपाल अन्तर्गत मिस एथलेटमा क–कसले जिते ?

मिस नेपालको ट्यालेन्ट राउण्डमा कसले के गरे ?

को बन्छ Miss Nepal 2019 ? यस्ता छन् Miss Nepal 2019 Top 26 Contestants

मुटुदेखि मुटुसम्म भाग ४ – नयाँ वर्ष ‘जीन्दगीको अन्त्यको यात्रा’

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*