अमिर भोम्जनको पहिचानका लागि नृत्य प्रतियोगिता

१६ बैशाख २०७६, सोमबार २०:५९
Thaha Kala Kendra Program-Murchunga TV

मकवानपुर, १६ बैशाख । थाहा नगरपालिकाका चर्चित चित्रकार अमिर भोम्जनको पहिचानका लागि थाहा नगरपालिकामा सामुहिक नृत्य प्रतियोगिता भएको छ । प्रतियोगितामा स्टोङ सोल डान्स क्रियू प्रथम भएको सञ्चारकर्मी रुपक कालिराजले जानकारी दिएका छन् । विश्व नृत्य दिवसको अवसरमा थाहा कला केन्द्रको आयोजनामा ‘अमिर भोम्जन परिचय अभियान’ अन्र्तगत सामुहिक नृत्य प्रतियोगिता भएको हो । प्रतियोगितामा पालुङ भ्यालि हार्ड एकेडेमी दोस्रो र स्वाच्छन्द्र भैरब मावि चित्लाङ तेस्रो हुन सफल भएको छ ।

प्रतियोगिताको निर्णायकमा नवक्षितिज कला केन्द्रका अध्यक्ष बिजय श्याम अमात्य र श्रीकृष्ण श्रेष्ठले गरेका थिए । प्रतियोगितामा उत्तरी मकवानपुरका १३ वटा विद्यालयको सहभागिता रहेको थियो । थाहा नगरपालिकाका उपप्रमुख खड्का बहादुर गोपालीको प्रमुख आतिथ्यता तथा सुनैलो बिहानी युवा क्लबका अध्यक्ष शर्मिला स्याङ्तानको अध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा वडा नम्बर—१ का वडा अध्यक्ष हेरमान गोपाली, पालुङ जेसिज बर्ष २०१९ का अध्यक्ष कुमार नेगी, ७ नम्बर वडा सदस्य दिपक सिं थिङ, सुन्दरी देबि माविका ब्यवस्थापन समिति अध्यक्ष बिनायक गोले, नेपाल गोजुरियो कराते डोजाङ केन्द्रिय सदस्य मानसिङ दोङ, लोक तथा दोहोरी गायिका रजनी लामा, पत्रकार महासंघ मकवानपुरका कार्य समिति सदस्य रुपक कालिराज लगायतको आतिथ्यता रहेको थियो । अमिरको हातखुट्टा नचलेता पनि उनी मुखले नै लेख्ने र चित्र बनाउने गर्छन् ।

यो पनि हेर्नुहोस्

मिस नेपाल अन्तर्गत मिस एथलेटमा क–कसले जिते ?

मिस नेपालको ट्यालेन्ट राउण्डमा कसले के गरे ?

को बन्छ Miss Nepal 2019 ? यस्ता छन् Miss Nepal 2019 Top 26 Contestants

मुटुदेखि मुटुसम्म भाग ४ – नयाँ वर्ष ‘जीन्दगीको अन्त्यको यात्रा’

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*