
भारत र हेटौँडाका विद्यार्थीबिच साँस्कृतिक नृत्य

मकवानपुर, १६ बैशाख । विश्व नृत्य दिवस २०१९ का अवसरमा भारत र मकवानपुरको हेटौँडामा अवस्थित बालजागृति युवावर्ष माविका विद्यार्थीहरुले साँस्कृतिक नृत्य प्रस्तुत गरेका छन् । आज दिवसको अवसर पारेर भारतको पञ्जाव प्रान्त स्थित लुधियानामा रहेको डिसिएम प्रेसिडेन्सी स्कुल र हेटौँडा ६ गौरीटारमा रहेको बालजागृति युवावर्षका कक्षा ७ मा अध्ययनरत विद्यार्थीहरुबिच अनलाईन लाईभ शोका आधारमा नृत्य प्रस्तुत गरिएको हो ।
विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक कुमार रुम्बाको व्यवस्थापनमा कार्यक्रम गरिएको हो । कार्यक्रममा अनलाईन लाईभ शोका माध्यमद्वारा दुबै देशका विद्यार्थीहरुले आ–आफ्नो देशका परम्परा र सँस्कृति झल्काउने नृत्य प्रस्तुत गरेका थिए । भारतको तर्फबाट शिक्षिका सुनिना कपुर र बालजागृतिका तर्फबाट अङ्ग्रेजी विषय शिक्षक विवश थापाले अनलाईनबाट कार्यक्रम सञ्चालन गरेका थिए ।
यो पनि हेर्नुहोस्
मिस नेपाल अन्तर्गत मिस एथलेटमा क–कसले जिते ?
मिस नेपालको ट्यालेन्ट राउण्डमा कसले के गरे ?
को बन्छ Miss Nepal 2019 ? यस्ता छन् Miss Nepal 2019 Top 26 Contestants
मुटुदेखि मुटुसम्म भाग ४ – नयाँ वर्ष ‘जीन्दगीको अन्त्यको यात्रा’
स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो