विरबहादुर घलान ‘ज्वाला’–अदालतबाट रिहा हुने बित्तिकै फेरि पक्राउ परे

१६ बैशाख २०७६, सोमबार १४:१९
Jwala-Murchunga TV

मकवानपुर, १६ बैशाख । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका मकवानपुर जिल्ला इन्चार्ज बिरबहादुर घलान ज्लालालाई अदालतबाट रिहा भएको केही समयपछि नै पक्राउ गरिएको छ । गत चैत २८ गते पक्राउ गरिएका ज्वाला सोमबार जिल्ला अदालत मकवानपुर र जिल्ला प्रशासन कार्यालयमा तोकिएको धरौटी र जरिवाना बुझाएपछि रिहा भएका थिए तर रिहा भएलगत्तै उनलाई अदालतको गेटबाटै पुनः पक्राउ गरिएको हो ।

यस अघि नै धरौटी तिरेर रिहा हुनसक्ने अवस्था रहेता पनि ज्वालाले उक्त निर्देशनलाई अस्विकार गर्दै जेल जाने निर्णय गरेका थिए । एउटा मुद्धाबाट पार पाउनेबित्तिकै अर्को मुद्धा लगाउने गरी मकवानपुर प्रहरीले पक्राउ गर्ने कुरा थाहा पाएका ज्वाला धरौटी नतिरी जेल गएका थिए । त्यसबेला पनि हाँसीहाँसी जेल गएका ज्वाला अहिले पनि हाँस्दै प्रहरीसँगै गएको प्रत्यक्षदर्शीहरुले बताए । ज्वालाले हात हतियार मुद्दाको जरिवानावापत जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ६० हजार रुपैयाँ बुझाएका थिए । त्यस्तै विष्फोटक पदार्थको मुद्दामा जिल्ला अदालत मकवानपुरले तोकेको १८ हजार धरौटी पनि आइतबार बुझाइएको थियो । उनको तर्फबाट अधिवक्ता केशव गौतमले प्रशासन र अदालतमा रकम बुझाएका थिए । ज्वालालाई अदालतले गत वैशाख २ गते धरौटीमा छाड्न आदेश दिएको थियो । तर, ज्वालाले सो समय धरौटी र जरिवाना तिर्न अस्वीकार गरेपछि भीमफेदी जेल चलान गरिएको थियो ।

पक्राउ हुनुअघि ज्वालाले सरकारकै कारण नेपाली जनता असुरक्षित भएको दाबी गरेका थिए । ज्वालाले अदालत परिसर अगाडी नै बसेर पत्रकारहरुलाई प्रतिक्रिया दिँदै सरकारले गरेका क्रियाकलापले राम्रो संकेत नदिने समेत दाबी गरे । नेपाल कम्युनिष्ट पार्टीलाई अपराधिक संगठनको रुपमा व्याख्या गरी दमन गरिएको बताउँदै त्यसले राम्रो संकेत नदिने उनले बताए । उनलाई नेपाल बन्दको क्रममा मकवानपुरको हेटौंडा–१९, नेवारपानी नजिकै गाडीमा आगजनी गरेको मुद्धा लगाउने तयारीका साथ पुन पक्राउ गरिएको बताइएको छ ।

यो पनि हेर्नुहोस्

मिस नेपाल अन्तर्गत मिस एथलेटमा क–कसले जिते ?

मिस नेपालको ट्यालेन्ट राउण्डमा कसले के गरे ?

को बन्छ Miss Nepal 2019 ? यस्ता छन् Miss Nepal 2019 Top 26 Contestants

मुटुदेखि मुटुसम्म भाग ४ – नयाँ वर्ष ‘जीन्दगीको अन्त्यको यात्रा’

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*