सांसद कुमारी मोक्तानको दाबी–‘कम्युनिष्ट सरकारले देशलाई निकास दिन्छ’

१४ बैशाख २०७६, शनिबार १९:५१
Kumari Moktan-Murchunga TV

जयराम मोक्तान/मकवानपुर, १४ बैशाख । ३ नम्बर प्रदेशसभा सदस्य तथा नेकपाकी केन्द्रिय नेत्री कुमारी मोक्तानले कम्युनिष्ट सरकारले नै देशलाई निकासा दिने दाबी गरेकी छिन् । दुई तिहाइको कम्युनिष्ट सरकार आएसँगै देशमा विकासको लहर सुरु भएको उनले बताईन् । पश्च्मि मकवानपुरको मनहरीमा सम्पन्न मनहरी गाउँपालिका स्तरीय युवा अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रममा बोल्दै मोक्तानले यस्तोे बताएकी हुन् । देश विकासमा युवाहरुलाई अगाडी सार्नु पर्ने भन्दै मोक्तानले युवाको सहभागिता बिना कुनै पनि क्षेत्र विकास नहुने बताईन् ।

कार्यक्रममा बोल्दै मोक्तानले मनहरीलाई विकासको पथमा उन्मुख गर्नका लागि स्थानिय युवाहरुलाई परिचालन गर्नुपर्ने बताए । कार्यक्रममा नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देल, जिल्ला सचिव प्रेमबहादुर पुलामी, एकराज उप्रेती , पुर्व सांसद एवम नेकपा मनहरी गाउँ कमिटिका संयोजकद्वय राजाराम स्याङ्तान, राजप्रसाद कालाखेती , पुर्व नेकपा माओवादी जिल्ला सचिवालय सदस्य रामहरी सुवेदी , वाइसिएल केन्द्रिय सचिव प्रकाश पाण्डे, युवासंघ पुर्व केन्द्रिय सदस्य तथा भिमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा , युवा संघ मकवानपुरका इन्चार्ज सुनिल मोक्तान तथा मनहरी गाउँपालिका उपाध्यक्ष मनिला विष्ट लगाएतकाले मन्तव्य ब्यक्त गरेका थिए । युवासंघ तथा वाइसिएल मनहरी गाउँ कमिटीको आयोजनामा भएको अन्तक्रिया कार्यक्रम युवा संघ मनहरी गाउँ कमिटिका अध्यक्ष सगुन स्याङ्तानले सञ्चालन गरेका थिए । वाइसिएल मनहरीका अध्यक्ष दिपेन्द्र अधिकारीको सभापतित्वमा कार्यक्रम भएको हो । कार्यक्रममा युवासंघ नेपाल मकवानपुरका सदस्य विशाल लामाले स्वागत मन्तब्य गरेका थिए ।

यो पनि हेर्नुहोस्

मिस नेपाल अन्तर्गत मिस एथलेटमा क–कसले जिते ?

मिस नेपालको ट्यालेन्ट राउण्डमा कसले के गरे ?

को बन्छ Miss Nepal 2019 ? यस्ता छन् Miss Nepal 2019 Top 26 Contestants

मुटुदेखि मुटुसम्म भाग ४ – नयाँ वर्ष ‘जीन्दगीको अन्त्यको यात्रा’

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*