तामाङ चलचित्र ‘ङ्हो’ को विशेष प्रदर्शनमा यस्तो भयो (भिडियो)

१४ बैशाख २०७६, शनिबार १९:०४
Featured Video Play Icon

काठमाडौँ, १४ बैशाख । तामाङ चलचित्र ङ्हो (भाग्य) को गएको हप्ता बैशाख ७ गते शनिबार विशेष प्रदर्शन गरिएको थियो । काठमाण्डौंको राष्ट्रिय सभागृहमा प्रदर्शन गरिएको चलचित्रमा तामाङ समुदायको कथा छ । भुवन स्याङ्बो तामाङको निर्देशन तथा कोरियोग्राफीमा तयार भएको चलचित्रलाई सुर्य लामाले खिचेका हुन् । सुनिमाया तामाङको निर्माणमा बनेको चलचित्रको पोष्ट प्रोडक्सनको जिम्मा जिग्मे मिडियाले लिएको छ । हेर्नुहोस् भिडियो–

चलचित्रमा आरम्भ तामाङ, किसमान तामाङ, निर्मला तामाङ, एलेक्स घले, छिमी माम्बा, मारनेन वाइबा, अनिता तामाङ, डोल्मा तामाङ, राजन तामाङ, निलमान तामाङ, रोज तामाङ, रिमान तामाङ, विजय तामाङ, झरना गुरुङ, सुमी तामाङ र बाल कलाकार तेञ्जिङ सोनामले अभिनय रहेको छ । नरमान (रविन) तामाङको पटकथा, राहुल राई र सुर्य लामाको छायांकन हेर्न सकिने चलचित्रमा राजु तामाङले द्वन्द्व निर्देशन गरेका छन् । चलचित्रका गीतहरुमा टिका बम्जन, सागर एस वाइबा, आरम्भ तामाङ र जितु लोप्चनको आवाज रहेको छ ।

चलचित्र ‘ङ्हो’ फापरे फिल्मस् प्रालिको तेस्रो प्रस्तुति हो । चलचित्र उत्तरी धादिङको रुबीभ्याली क्षेत्र र आसपासमा बोलिने भाषालाई प्रयोग गरिएको बताइएको छ । धादिङको गंगाजमुना गाउँपालिका, लताव, धुसेनी, तावल, काठमाडौंका केही भाग र सिन्धुपाल्चोकको गुफाडाँडा लगायतको स्थानमा चलचित्रको छायांकन गरिएको हो ।

यो पनि हेर्नुहोस्

मिस नेपाल अन्तर्गत मिस एथलेटमा क–कसले जिते ?

मिस नेपालको ट्यालेन्ट राउण्डमा कसले के गरे ?

को बन्छ Miss Nepal 2019 ? यस्ता छन् Miss Nepal 2019 Top 26 Contestants

मुटुदेखि मुटुसम्म भाग ४ – नयाँ वर्ष ‘जीन्दगीको अन्त्यको यात्रा’

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*