तामाङ सेलो ‘दार्सेला छामे म्योबा’ लाई सर्वाधिक भ्यूज

१३ बैशाख २०७६, शुक्रबार ०६:०१
Chhame Myoba-Murchunga TV

हेटौँडा, १३ बैशाख । केही महिना अघि मात्र युट्युबमा सार्वजनिक गरिएको तामाङ सेलो गीत ‘दार्सेला छामे म्योबा’ लाई सर्वाधिक भ्यूज प्राप्त भएको छ । समाजमा पछिल्लो समय देखिएको विकृतिमा आधारित रहेर तयार भएको गीतको म्यूजिक भिडियोलाई यो सामाग्री तयार पार्दाको समयमा ८ लाख २० हजारभन्दा बढी पटक हेरिसकिएको छ ।

गीतमा करिब ६ हजार लाईक र करिब ५ सय कमेन्टहरु गरिएका छन् । चर्चित गायिका जितु लोप्चन र गायक मदन घलानको आवाजमा रहेको सुमधुर सेलो गीतका शब्द, संगीतका साथै भिडियो समेत आकर्षक बनेका कारण दर्शकले अत्याधिक रुचाएका हुन् । गीतको शब्द र संगीत सानुबाबु घिसिङले तयार पारेका हुन् । नोर्बु शेर्पाको एरेञ्जमा तयार भएको गीतको म्यूजिक भिडियोलाई बिक्रम मोक्तानले छायाँकन र सम्पादन गरेका हुन् । गीतलाई डम्फु मिडियाको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

म्यूजिक भिडियोमा चर्चित नायक अमिर दोङ, मदन घलान, कुईसाङ रुम्बा, कल्पना दोङ, सम्झना दोङ र अनिता नेगीले अभिनय गरेका छन् । म्युजिक भिडियोलाई मिलन दोङले कोरियोग्राफी गरेका हुन् भने अमिर दोङले निर्देशन गरेका हुन् । हेरौँ भिडियो–

यो पनि हेर्नुहोस्

मिस नेपाल अन्तर्गत मिस एथलेटमा क–कसले जिते ?

मिस नेपालको ट्यालेन्ट राउण्डमा कसले के गरे ?

को बन्छ Miss Nepal 2019 ? यस्ता छन् Miss Nepal 2019 Top 26 Contestants

मुटुदेखि मुटुसम्म भाग ४ – नयाँ वर्ष ‘जीन्दगीको अन्त्यको यात्रा’

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*