हेटौँडाका सक्सेस मोक्तानद्वारा विद्यार्थीलाई ५ वर्षसम्म छात्रवृत्ति दिने घोषणा

१२ बैशाख २०७६, बिहीबार २१:०६

मकवानपुर, १२ बैशाख । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ घर भई हाल जापानमा अध्ययनरत सक्सेस मोक्तानले आफुले अध्ययन गरेको पूर्व विद्यालयमा छात्रवृत्ति स्वरुप ५ वर्षसम्म सहयोग गर्ने भएका छन् । उनले आफ्नो जन्मदिनको अवसर पारेर हेटौँडा १५ शिखरपानीमा अवस्थित श्री चुरियामाई माध्यमिक विद्यालयमा अध्ययनरत ६ जना विद्यार्थीहरुलाई हरेक वर्ष १० हजार बराबरको सहयोग गर्ने प्रतिवद्धत्ता जनाएका हुन् ।

उक्त विद्यालयमा कक्षा ८ सम्म अध्ययन गरेका सक्सेसले विद्यालयमा आफुले आधारभूत शिक्षा हासिल गरेको सम्झना गर्दै त्यस विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई थोरै मात्र भए पनि सहयोग पुगोस् भन्ने उदेश्य सहित हरेक वर्ष जन्मदिनको अवसर पारेर रकम सहयोग गर्ने निर्णय गरेको विद्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । छात्रवृत्ति रकम स्वरुप प्रतिवद्धत्ता गरेअनुसार यस वर्षको बैशाख १२ गते परेको जन्मदिनका अवसरमा नगद १० हजार रुपैयाँ सक्सेसका बुवा तथा नेकपाका युवा नेता एवम् समाजसेवी सुनिल मोक्तान र आमा उषा मोक्तानले विद्यालयका प्रधानाध्यापक विष्णु परियारलाई हस्तान्तरण गरेका छन् ।

मोक्तानद्वारा प्राप्त छात्रवृत्ति रकम कक्षा ३ मा अध्ययनरत दिया बल, कक्षा ७ मा अध्ययनरत नविना रुम्बा र नम्रता रुम्बा, कक्षा ९ मा अध्ययनरत विशाल लिम्बु र डोल्मा पाख्रिन तथा कक्षा १० मा अध्ययनरत निशा लामालाई प्रदान गरिने विद्यालयले जनाएको छ ।

यो पनि हेर्नुहोस्

मिस नेपाल अन्तर्गत मिस एथलेटमा क–कसले जिते ?

मिस नेपालको ट्यालेन्ट राउण्डमा कसले के गरे ?

को बन्छ Miss Nepal 2019 ? यस्ता छन् Miss Nepal 2019 Top 26 Contestants

मुटुदेखि मुटुसम्म भाग ४ – नयाँ वर्ष ‘जीन्दगीको अन्त्यको यात्रा’

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*