प्रदिप्ताले जितिन् मिस एथलेट, रोज लामालाई पनि पदक

१२ बैशाख २०७६, बिहीबार २०:२५
Featured Video Play Icon

हेटौँडा, १२ बैशाख । मिस नेपाल प्रतियोगितामा यतिखेर नेपालका विभिन्न क्षेत्रबाट सहभागी भई छनौट भएका उत्कृष्ट २५ सुन्दरीहरु प्रतिस्पर्धामा छन् । आज हामीले मिस नेपाल २०१९ को मिस एथलेट राउण्डका बारेमा जानकारी लिएर आएका छौँ । उत्कृष्ट २५ हरुमध्ये मिस एथलेटमा कसले कुन खेलमा जिते ? कसको खेल प्रदर्शन कस्तो रह्यो र को बने मिस एथलेट २०१९ ? हामीले यस भिडियोमा छोटकरीमा चर्चा गरेका छौँ । कृपया पुरै भिडियो हेरेर तपाईलाई लागेका कुराहरु कमेन्ट गर्नुहोला । साथै प्रतियोगीहरुमध्ये कसको प्रदर्शन राम्रो लाग्यो ? को बन्न सक्छिन् मिस नेपाल २०१९ ? यसको जवाफ पनि कमेन्टमा लेख्न सक्नुहुनेछ । हेरौँ भिडियो–

गोल्ड स्टार मिस एथलेट २०१९ मा सर्वाधिक स्वर्ण पदक जित्दै प्रदिप्ता अधिकारी मिस एथलेट २०१९ बन्न सफल भईन् । प्रदिप्ताले सटपुट र डिसकस थ्रोमा जित हासिल गरेसँगै मिस एथ्लेट जितेकी हुन् । उनी सम्मिलित टिम रेडले ४ सय मिटर रिले दौड पनि जितेको थियो । साथै उनी सम्मिलित टिम रेड बेस्ट टिम बन्न समेत सफल भएको थियो । मिस एथ्लेट बन्न सफल भएसँगै उनले आफ्ना अभिभावक र आयोजक तथा सपोर्टरहरुलाई धन्यवाद दिएकी छिन् । काठमाडौकी प्रदिप्ता अधिकारी २३ वर्षकी छिन् । उनी ५ फिट ७ ईन्च उचाईकी छिन् । गोल्ड स्टार सटपुट प्रतियोगितामा प्रदिप्ताको जितसँगै सोफिया भुजेल दोस्रो भईन् । काठमाडौँबाट छनौट भएकी सोफिया भुजेल ५ फिट ८ ईन्च उचाईकी छिन् । उनी २३ वर्षकी छिन् । सटपुटमा रोज लामा तृतिय भईन् काठमाडौकी रोज लामा २१ वर्षकी छिन् । उनी ५ फिट ७ ईन्च उचाईकी छिन् । रोज, मिस नेपाल क्यालेफोर्निया २०१७ की बिजेता समेत हुन् ।
मिस एथलेट अन्तर्गत भएको डिसकस थ्रोमा प्रदिप्ताको जितसँगै किरण थापा दोस्रो भईन् । काठमाडौकी किरण थापा २२ वर्षकी छिन् । उनी ५ फिट ६ ईन्च उचाईकी छिन् । सटपुटमा दोस्रो भएकी सोफिया भुजेल डिसकस थ्रोमा तेस्रो भईन् ।

त्यस्तै लङ जम्पमा लक्ष्मी राउतले जित हासिल गरिन् । लक्ष्मी राउत हात्तिवन ललितपुर निवासी हुन् । उनी बिजनेश स्टडीमा मास्टर्स अध्ययनरत छिन् । लङ जम्पमा शिवानी घिमिरे दोस्रो भईन् । भैरहवाकी शिवानी घिमिरे २१ वर्षकी छिन् । उनी ५ फिट ७ ईन्च उचाईकी छिन् । त्यस्तै लङ जम्पमा पूनः सोफिया भुजेल तेस्रो भईन् । उनले सटपुटमा दोस्रो र डिसकस थ्रोमा तेस्रो स्थान हासिल गरेकी थिईन् । त्यस्तै ५० मिटर स्प्रीन्टमा किरण थापाले जित हासिल गरिन् । उनी डिसकस थ्रोमा पनि दोस्रो भएकी थिईन् । त्यस्तै पुजा श्रेष्ठ ५० मिटर स्प्रीन्टमा दोस्रो भईन् । झापाकी पुजा श्रेष्ठ २२ वर्षकी छिन् । उनी ५ फिट ६ ईन्च उचाईकी छिन् । ५० मिटर स्प्रिन्टमा जेन्नी महर्जन तेस्रो भईन् । काठमाडौँकी जेन्नी महर्जन २४ वर्षकी छिन् । उनी ५ फिट ६ ईन्च उचाईकी छिन् । त्यस्तै ४ सय मिटर रिले दौडमा टिम रेड प्रथम, टिम ब्लु दोस्रो र टिम पिङ्क तेस्रो भएको थियो । त्यस्तै टिम रेड बेष्ट टिम बन्न सफल भएको थियो । मिस नेपालको उत्कृष्ट २५ मा काठमाडौँकी निशा पाठक, पोखराकी एलिशा जोशी, काठमाडौँकी सोफिया भुजेल, रिया बस्नेत,अनुष्का श्रेष्ठ, जेन्नी महर्जन, ललितपुरकी अस्मिता महर्जन, काठमाडौँकी किरण थापा, प्रदिप्ता अधिकारी, ललितपुरकी निकिता कर्मचार्य, काठमाडौँकी रोज लामा,पोखराकी सारा बजिमाया, हात्तिवन ललितपुरकी लक्ष्मी राउत, काठमाडौँकी रक्षा उप्रेती, भक्तपुरकी मीरा कक्षपति, मोरङकी जेनिशा थपलिया, झापाकी पुजा श्रेष्ठ, चितवनकी विपना सुवेदी, ललितपुरकी सुभेच्छा अधिकारी, झापाकी प्रकृति कट्वाल, चितवनकी न्यान्सी बोगटी, भैरहवाकी शिवानी घिमिरे, काठमाडौँकी सान्त्वना मालाकार, प्रथा अधिकारी र भैरहवाकी संस्कृति घिमिरे रहेकी छिन् ।

आदरणीय दर्शकबिन्द, तपाईलाई यो भिडियो कस्तो लाग्यो ? कृपया सल्लाह सुझाव कमेन्टमा लेख्न नभुल्नुहोला । उत्कृष्ट २५ मध्ये तपाईको विचारमा को बन्न सक्छिन् मिस नेपाल २०१९ ? यसको जवाफ कमेन्टमा लेख्न सक्ुनहुनेछ । साथै यो भिडियोलाई लाईक र शेयर गरिदिनुहोला र अन्य भिडियोका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्न नभुल्नुहोला ।

यो पनि हेर्नुहोस्

मिस नेपालको ट्यालेन्ट राउण्डमा कसले के गरे ?

को बन्छ Miss Nepal 2019 ? यस्ता छन् Miss Nepal 2019 Top 26 Contestants

मुटुदेखि मुटुसम्म भाग ४ – नयाँ वर्ष ‘जीन्दगीको अन्त्यको यात्रा’

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*