हेटौँडाबाट ४ सय ५ लिटर घरेलु मदिरा बरामद

मकवानपुर, ११ बैशाख । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ बाट ४ सय ५ लिटर घरेलु मदिरा नियन्त्रणमा लिएको छ ।
बैशाख १० गते बिहान करिब ८ बजेको समयमा प्रहरी सहायक निरिक्षक जितेन्द्र झाको कमान्डमा खटिएको टोलीले जाँच गर्ने क्रममा अबैध तयारी घरेलु मदिरा करिब २ सय लिटर फेला पारेको हो । फेला परेको मदिरालाई आवस्यक कारवाहीको लागी आन्तरिक राजश्व कार्यालय हेटौडा पठाईएको बताइएको छ । त्यस्तै उक्त टोलीलेले नै बैशाख ११ गते बिहान करिब ८ बजेको समयमा हेटौँडा २ बाट नै जाँचको क्रममा अबैध तयारी घरेलु मदिरा करिब २ सय ५ लिटर फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
यो पनि हेर्नुहोस्
मिस नेपालको ट्यालेन्ट राउण्डमा कसले के गरे ?
को बन्छ Miss Nepal 2019 ? यस्ता छन् Miss Nepal 2019 Top 26 Contestants
मुटुदेखि मुटुसम्म भाग ४ – नयाँ वर्ष ‘जीन्दगीको अन्त्यको यात्रा’
स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो