हेटौँडामा आयोजित आदिवासी दिवसको पुरा भिडियो

११ बैशाख २०७६, बुधबार ०८:४३
Featured Video Play Icon

मकवानपुर, ११ बैशाख । मकवानपुरको हेटौँडामा गत वर्षको अगष्ट ९ अर्थात २०७५ साउन २४ गते विश्व आदिवासी जनजाति दिवसको अवसरमा विविध कार्यक्रम आयोजना गरिएको थियो । विश्वभर छरिएर रहेका आदिवासी जनजातिहरुले सन् १९९३ देखि अगस्ट ९ तारिखका दिन ‘विश्व आदिवासी दिवस’ विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाउँदै आईरहेकोमा मकवानपुरमा पनि ३ दिवशीय कार्यक्रम सञ्चालन गरिएको थियो । उक्त कार्यक्रमको पुरा भिडियो यहाँ प्रस्तुत गरिएको छ । हेरौँ–

२४ औँ विश्व आदिवासी दिवसका अवसरमा ‘अधिकार, प्रतिनिधित्व र स्वायत्तता–स्वशासनका लागि आदिवासी जनजातिको अडान, मानव पहिचान सहितको संघीयताका लागि संविधान संशोधन हाम्रो साझा अभियान’ भन्ने नारा सहित नेपाल आदिवासी जनजाति महासंघ, ३ नम्बर (नेवाःताम्सालिङ) प्रदेश तदर्थ समन्वय परिषदको आयोजना तथा नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद् मकवानपुरको व्यवस्थापनमा ३ दिने कार्यक्रम भएको हो । कार्यक्रम अन्तर्गत साउन २४ गते बिहान साढे १० बजे विभिन्न आदिवासी जनजातीय साँस्कृतिक झाँकीसहित ¥याली गर्दै पल्पसा हलमा साँस्कृतिक समारोह भएको थियो । उक्त समारोहमा प्रदेश सरकारका मन्त्री, सांसद, आदिवासी जनजाति अधिकारका अभियन्ताहरुले सम्बोधन समेत गरेका थिए । साथै विभिन्न जातीय समुदायको साँस्कृतिक कार्यक्रम र झाँकीहरु समेत प्रस्तुत गरिएको थियो ।

यो पनि हेर्नुहोस्

मिस नेपालको ट्यालेन्ट राउण्डमा कसले के गरे ?

को बन्छ Miss Nepal 2019 ? यस्ता छन् Miss Nepal 2019 Top 26 Contestants

मुटुदेखि मुटुसम्म भाग ४ – नयाँ वर्ष ‘जीन्दगीको अन्त्यको यात्रा’

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*