थोकर दादाको भाषण (भिडियो)

११ बैशाख २०७६, बुधबार ०६:४७
Featured Video Play Icon

मकवानपुर, ११ बैशाख । तामाङ चलचित्र संघका अध्यक्ष बिकु थोकर चर्चित कलाकार हुन् । उनले विभिन्न नेपाली तथा तामाङ भाषाका चलचित्रहरुमा अभिनय गरेर चर्चा कमाएका छन् । उनले आफैले निर्माण गरेको चलचित्र ‘म्लाङ प्वाँहार’ चर्चित भएपछि उनी थप चर्चामा आए । फिल्मी क्षेत्रमा खतरनाक खल नायकका रुपमा चिनिएका उनी कमेडी गर्न पनि सिपालु छन् । उनी अहिले रिसानी माफ टेलिसिरियलमा समेत व्यस्त छन् । गत चैत्र २९ गतेदेखि यही बैशाख १ गतेसम्म काभ्रे जिल्लाको भकुण्डे बेसीमा तेस्रो तामाङ चलचित्र महोत्सव सम्पन्न भएको थियो । उक्त कार्यक्रममा थोकरले दिएको भाषण हेरौँ ।

महोत्सवमा तामाङ कथानक चलचित्र ‘आप्लेङला नाम्सा’ उत्कृष्ट तामाङ चलचित्र बन्न सफल भएको थियो । काभ्रेको नमोबुद्ध नगरपालिका अन्तर्गत भकुण्डेबेसीमा आयोजना गरिएको ३ दिने तामाङ चलचित्र महोत्सवमा प्रदर्शन गरिएका ५ तामाङ चलचित्रहरुमध्ये ‘आप्लेङला नाम्सा’ उत्कृष्टमा छनौट भएको हो । उत्कृष्ट भएसँगै चलचित्र टोलीलाई नगद ५१ हजारसहित सम्मानपत्र प्रदान गरिएको छ । महोत्सवमा श्होङ, सेमरिन मुला माया, आप्लेङला नाम्सा, रुङ्सी टिला र सेर्कु गरी ५ चलचित्रहरु प्रदर्शन गरिएको थियो । महोत्सवको पहिलो दिन दुई चलचत्रिहरु प्रदर्शनसँगै ‘तामाङ चलचित्रको ईतिहास, वर्तमान अवस्था र भावि कार्यदिशा’ विषयक अन्तरक्रिया कार्यक्रम गरिएको थियो । त्यस्तै दोस्रो दिन पनि चलचित्रलाई प्रदर्शन गरिनुका साथै सुचना तथा संचार प्रबिधि मन्त्री गोकुल बास्कोटाको प्रमुख अतिथ्यतामा महोत्सबको औपचारिक उद्घाटन गरिएको थियो । तेस्रो दिन पनि तामाङ चलचित्र प्रदर्शनका साथै समापन गरिएको थियो ।

‘हाम्रो कला हाम्रो पन, तामाङ चलचित्र हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ तेस्रो तामाङ महोत्सव भएको हो । समापन कार्यक्रममा तामाङ चलचित्रका विभिन्न विधाहरुमा विशेष योगदान दिएका व्यक्तित्वहरुलाई समेत सम्मान गरिएको थियो । महोत्सवमा तामाङ चलचित्रकर्मीहरुले दैनिक रुपमा प्रस्तुति समेत दिएका र्थि भने तामाङ मौलिक खाना, तामाङ गोईलो, डम्फु र बुद्धचित्त मालाहरुको स्टल समेत राखिएको थियो ।

यो पनि हेर्नुहोस्

मिस नेपालको ट्यालेन्ट राउण्डमा कसले के गरे ?

को बन्छ Miss Nepal 2019 ? यस्ता छन् Miss Nepal 2019 Top 26 Contestants

मुटुदेखि मुटुसम्म भाग ४ – नयाँ वर्ष ‘जीन्दगीको अन्त्यको यात्रा’

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*